Share Icon

२५ चैत्र, काठमाडौ।  लुम्बिनी प्रदेश रोल्पा जिल्लामा अवस्थित  साबिकको वडाचौर गा.बि.स. वडा नं १,२, ३,७ तथा शिर्प गा.बि.स. वडा नं ९ लाई समायोजन गरि हालको लुङ्ग्री गाउँपालिकाको वडा नं ४ बनाइएको हो । यो वडाको वडा कार्यालय नम्जामा पर्दछ जुन समुन्द्र सतह देखि १४१४ मि. उचाईमा अवस्थित छ । यस वडामा अधिकांश क्षेत्री तथा दलित समुदायको बसोबास रहेको छ । यी समुदाय बाहेक ब्राहमण जातिको पनि बसोबास रहेको छ ।

लुङ्ग्री गाउँपालिकामा वडा नं.४  का वडा अध्यक्ष विरबल खड्काले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो। लुङ्ग्री गाउँपालिका वडा नम्बर ४ को अहिले विकासले मुहार फेरिएको छ ।

लुङ्ग्री गाउँपालिका  प्रायः जसो सबै वडामा अहिले विकासले फड्को मारिरहेको छ । पछिल्लो समय वडा नम्बर ४ मा व्यापक विकासका गतिविधिहरु भइरहेका छन्।

वडा नम्बर ४ का वडा अध्यक्ष विरबल खड्काले जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकासमा कुनै कठिनाइ नरहेको बताउनुभयो । लुङ्ग्री गाउँपालिकामा  वडा नम्बर ४ लाई नमुना वडाको रुपमा स्थापित गर्न वडाध्यक्ष खड्का अहोरात्र खटिरहनु भएको छ।

आर्थिक वर्षको बजेटबाट ७० प्रतिशत काम वडामा गरेर सकेको बाकी ३० प्रतिशत काम पनि चाडै सक्ने तयारीमा रहेको वडा अध्यक्ष खड्काले बताउनुभयो ।

वडा नम्बर ४ का वडा अध्यक्ष खड्काले भन्नुभयो, ‘शिक्षा, कृषि तथा खानेपानी, बाटोघाटो, जनचेताना, स्वास्थ्य लगायतका योजना तथा कार्यक्रमहरू अगाडी वडामा बढाएको छौं ।’ उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो।

उहाँ ठूलो मतान्तरले जित हासिल गरेकोले सबै वडावासीको साथ र सहयोग पाइराख्नु भएको छ। वडाध्यक्ष खड्काले भन्नुभयो, ‘वडावासीको सेवा गर्न मलाई राम्रो लाग्छ, वडावासी सेवामा सदैव सर्मपित भईरहने छु ।’

उहाँले भन्नुभयो, ‘ चुनौतीलाई चिर्दै कृषिलाई व्यवसायिक गर्न तयारीमा रहेको तथा विदेश जान भन्दा आफ्नो देशमा केही गर्न पर्छ भनेर स्थानियलाई सहजिकरण गरिरहेको छाैं । ‘

उहाँले थप्दै भन्रुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ । जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

वडामा आएका समस्या राख्नुहोला सुख, दुखमा सदैव साथ दिने छु । अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हितका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु ।

Facebook Comments Box

Share Icon