Share Icon

२६ चैत्र, काठमाडौ।  जानकी गाउँपालिका नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लामा रहेको छ । यस गाउँपालिकामा साविकका दुर्गौली, जानकीनगर, मुनुवा र पथरैया गरि ४ ओटा गा.वि.स. समावेश गरि ९ वटा वडा कायम गरिएको छ ।

यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ।विकासको सम्भावना बोकेको जानकी गाउँपालिकास्थित वडा नम्बर १ को पनि आफ्नै बिशेषता रहेको छ ।

आफूले सदबै यस वडाको चौतर्फि विकासमा ध्यान दिने प्रतिबद्धता वडा नम्बर १ का अध्यक्ष सुरेश कुमार चौधरीले वडा खवरसंग कुरा गर्ने क्रममा व्यक्त गर्नुभएको छ। उहाँले चालु आर्थिक वर्षको सतप्रतिशत काम लगभग गरेर सकेको बताउनुभयो।

जोसीपुर गाउँपालिकामा वडा १ मा ३ वटा टोलमा गएर योजना निर्माण तथा वडाका समस्या तथा समाधानका बिषयमा छलफल सुरु भएको वडा अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

उहाँले यस वर्षको योजनामा वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाएको सडक, खानेपानी, धार्मिक तथा सास्कृतिक क्षेत्रको विकासमा योजना बनाउने जानकारी दिनुभयो । १ वर्षको अवधि सिकाई संगै विकास निर्माण भएको अबको वर्षमा विकास निर्माणले गति लिने वडा अध्यक्ष चौधरीले बताउनुभयो ।

त्यस्तै उहाँले भन्नुभयो, ‘वडामा धेरै योजनाहरु रहेका छन्, उक्त योजनाहरु सम्पन्न गर्न तीव्र गतिमा काम भइरहेको छ।, मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु।’

Facebook Comments Box

Share Icon