सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै वडा अध्यक्ष वली

Share Icon

३०फागुन, काठमाडौं ।  राप्ती सोनारी गाउँपलिका जनसंख्याको हिसाबले नेपालकै सबैभन्दा ठूलो गाउँपालिका हो । कुल क्षेत्रफल १०४१।७३ वर्ग कि।मि रहेको यो गाउँपालिकाकोे अधिकांश क्षेत्र बाँके जिल्लाको उत्तर भावर क्षेत्रलाई समेटेको छ ।

पूर्वमा दाङ जिल्ला, पश्चिममा कोहलपुर न.पा र डुडुवा गा.पा,उत्तरमा दाङ र सल्यान जिल्ला र दक्षिणमा नरैनापुर गा.पा र भारतीय सीमानाको चौघेरामा यो गाउँपालिका रहेको छ ।

साविकका ६ वटा गाविसहरु खासकुश्मा,कचनापुर,बैजापुर,बिनौना,फत्तेपुर र महादेवपुरी मिलेर निर्माण भएको यो गाउँपालिकामा ९ वडामा विभाजित छ ।

राप्ती सोनारी गाउँपलिका वडा नम्बर २ ज्ञानेन्द्र राज वलीमा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा वलीले निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

पछिल्लो समय वडा नम्बर २ का वडाबासीहरुलाई लक्षित गर्दै वडामा योजना तथा कार्यक्रमहरु ल्याइएका छन । जनप्रतिनिधिले चाहेको खण्डमा  वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष वलीले जानकारी दिनुभयो ।

जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुुभयो, ‘स्वास्थ्य,शिक्षा, बाटो सडक, कृषि, सिचाई, विजुल्लि बत्ति तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु ल्याएका छौं ।’

त्यस्तै शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर सुधारको लागि निजि क्षेत्रका विद्यालयका शिक्षकलाई प्रोत्साहन बापत विभिन्न कार्यक्रमहरु राखेका छौ ।

वडा अध्यक्ष वलीले भन्नुभयो,’आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु।’

वडा अध्यक्ष वलीले भन्नुभयो , जिवन निर्वाहका लागि गरिने पेशा भनेकै कृषि भएकोले वडामा पनि कुषिमा काम गरेका छाै । तरकारीका विउ विजन वितरण गर्ने,सिचाईको लागि विशेष पहल गर्दै निरन्तर काम गरिरहेका छौ।

त्यस्तै वडामा सडकलाई पहिलाे प्रथामिकतामा राखेर कामहरू भईरहेका छन । विद्युतको क्षेत्रमा पुन मर्मत सम्भारका कार्यहरु गर्ने योजना रहेकाे जानकारी दिनुभयो ।

वडा अध्यक्षमा निर्वाचित हुनभन्दा पहिले वडा सदस्यमा रहेर वडाका काम गरेकाे भएकाे कारणले पनि वडाका गतिविधि गर्न सहज भएकाे बताउनुभयाे ।

उहाँले भन्नुभयो, वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेका छन्, उक्त योजनाहरु सम्पन्न गर्नको लागि हामी निरन्तर लागि परिरहेका छौ । वडाको चौचर्फी विकासको लागि हामी सदैब लागि परेका छौ ।

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर २ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिए् वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।

जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

उहाँले थप्दै भन्रुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ । जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.