जाजरकोटमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु

Share Icon

जाजरकोट । जाजरकोटमा जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ भने एकजना गम्भीर घाइते छन् ।

पश्चिम जाजरकोटको छेडागाड नगरपालिका-४ भीरबाटी भन्ने ठाँउमा कर्णाली प्रदेश ०२-००१ च ०४२९ नम्बरको बलेरो जिप दुर्घटना भएको हो।

मृत्यु हुनेमा जीप चालक दैलेखको भगवतीमाई गाउँपालिका–२ का मानबहादुर रावत, छेडागाड नगरपालिका–६ का वीरबहादुर खत्री, छेडागाड–५ का जयकुमार बुढा, भगवतीमाई गाउँपालिका–३ का सुरेन्द्र केसी र अम्मरबहादुर खड्का रहेका छन् ।

यस्तै, छेडागाड–५ का नैसरा अधिकारी, दीपक अधिकारी, देवीसरा बुढा, अम्मर बहादुर अधिकारी, छेडागाड–६ का रामबहादुर बुढाको पनि दुर्घटनामा ज्यान गएको छ ।

यसैगरी २ वर्षीया निशा अधिकारीको उपचारका लागि नेपालगन्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । छेडागाड नगरपालिका–५ का जैमान अधिकारी गम्भीर घाइते भएका छन् । जिप मध्यपहाडी राजमार्गबाट दुई सय मिटर तल खसेको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.