Share Icon

४ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश धादिङ जिल्ला नेत्रावती डबजोङ गाउँपालिका स्थित ३ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा सुरेश वाइबा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

अध्यक्ष वाइबाले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । पछिल्लो समय नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ३ ले विकासको फड्को मारिहेको छ ।

वडा अध्यक्ष वाइबाले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु ।”

पछिल्लो समय वडा नम्बर ३ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष वाइबाले बताउनुभयो ।

अध्यक्ष वाइबाले भन्नुभयो, “हामीले वडामा विशेष प्राथमिकतामा शिक्षा, स्वास्थ्य र खानेपानीलाई राखेर योजनाका कामहरु तीव्र गतीमा अघि बढाइरहेका छौ ।”

वडामा रहेका स्वास्थ्य क्षेत्रहरुबाट सेवाग्राहरुलाई प्रदान हुने सेवा सुविधाहरुलाई अझ गुणस्तर बनाउन स्वास्थ्य भवन सम्म जाने सडकको निर्माण गर्ने र एम्बुलेन्सको व्यवस्था गर्ने योजना रहेको अध्यक्ष वाइबाले बताउनुभयो ।

वडा अध्यक्ष वाइबाले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै वडामै रहेका विद्यालयहरुमा शिक्षालाई गुणस्तर बनाउन हामी लागी परीरहेका छौँ ।”

वडामा खानेपानीको समस्या रहेकोले खानेपानीमा आवश्यकताअनुसारको बजेट विनीयोजन गरेर वडामा एक घर एक धारा बनाउने अभियानका साथ कामहरु भइरहेको अध्यक्ष वाइबाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै खेतीयोग्य जमीनहरुको माटो परीक्षण गरेर किसानहरुलाई चिया खेती सँगै मौरी पालनको तालिमहरु प्रदान गरेर मौरी पालनलाई पकेट क्षेत्र बनाउने योजना बनाएका छौँ ।”

वडामा रहेका महिलाहरुलाई गुडीया बनाउने तालिम प्रदान गर्ने कार्यक्रम सम्पन्न भइसकेको वडा अध्यक्ष वाइबाले बताउनुभयो ।

उहाँ निर्वाचित हुनु भन्दा अघि इन्डियन आर्मीमा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडामा हामी निरन्तर रुपमा लागीपरेका छौ । मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएकोमा एकदमै धेरै खुसी भएको कुरा उल्लेख गर्नुभयो ।

वडा अध्यक्ष वाइबा भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडामा रहेको परापुर्वकाल देखि वाइबा राजाको नामबाट चिनिएको डबजोङ दरबार र ताल तथा पोखरीहरुलाई पर्यटकको रुपमा प्रबद्र्धन गरेर पर्यटकमय वडा बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर ३ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon