Share Icon

८ बैशाख, काठमाडाैं ।  दोर्दी गाँउपालिका वडा नं. ९ ले अपाङगता भएका व्यक्तिहरुको आयआर्जन वृद्धिका लागि कुखुराको चल्ला र दाना वितरण गरको छ ।

वडा कार्यालयले अपाङ्गता लक्षित कार्यक्रममार्फत् वडाभित्रका ४० जना अपाङता भएका व्यक्तिहरुको संरक्षक तथा अपाङगता भएका व्यक्तिलाई कुखुराको चल्ला र दाना वितरण गरेको हो ।

वडाले प्रतिव्यक्ति १५ वटा कुखुराको चल्लासँगै पाँच किलो दान वितरण गरेको हो । ४० जनालाई जम्मा ६ सय वटा कुखुराको चल्ला, दुई सय किलो दाना वितरण गरिएको वडा अध्यक्ष आषिश तामाङले वताउनुभयो ।

विहिवार एक कार्यक्रमका विच वडा अध्यक्ष आषिश तामाङले अपाङ्गगता भएका व्यक्तिहरुको संरक्षक तथा प्रतिनिधिलाई कुखुराको चल्ला र दाना वितरण गर्नुभएको हो । दोर्दी गाँउपालिका वडा नं. ८ ले चालु आर्थिक वर्षमा अपाङ्गता लक्षित कार्यक्रमका लागि एक लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

Facebook Comments Box

Share Icon