समग्र वडाको चौतर्फी विकास गर्दै अध्यक्ष गुरुङ
३ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश मनाङ जिल्लामा अवस्थित चामे गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष खड्ग जंग गुरुङले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । चामे गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष खड्ग जंग गुरुङले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।
उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष खड्ग जंग गुरुङले बताउनुभयोे ।
वडा अध्यक्ष गुरुङ भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ ।”
उहाँले भन्नुभयो, ” वडामा पहिलो प्राथमिकता शिक्षालाई दिदै गुणस्तरीय शिक्षा कायम गर्नको लागि कक्षा आठ सम्मका विद्यार्थीहरुलाई विद्यालयमा छात्राबासको व्यवस्था गरिएको छ । ”
त्यसै गरी कृषिको क्षेत्रमा कृषकलाई रासायनिक मलहरु वितरण गरेको वडा अध्यक्ष गुरुङको भनाई छ । यस वडामा रहेका घरघरमा खानेपानीको धारा पुराउने काम पनि सम्पन्न गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ” वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेका छन् । मनाङ जिल्लामा धेरै चिसो र हिउँ पर्ने भएकोले धेरै कामहरु गर्न नसकिएको र अब तीव्र गतिमा कामहरु गर्ने तयारीमा रहेको अध्यक्ष गुरुङले बताउनुभयो । ”
स्रोत साधनले भ्याएसम्म समग्र वडालाई समेट्दै निरन्तर कामहरु अगाडि बढाईरहेको वडा अध्यक्ष गुरुङले बताउनुभयो । वडाको चौतर्फी विकास गर्नको लागि सदैब लागि परिरहेको उहाँले बताउनुभयो ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर १ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







