सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष लामा

३ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश मनाङ जिल्लामा अवस्थित नार्पा भुमि गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष फुन्चो वाङगे लामा स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।
पछिल्लो समय मनाङ जिल्ला स्थित नार्पा भुमि गाउँपालिका वडा नं.२ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष लामा अहोरात्र खटिरहनु भएको छ ।
नार्पा भुमि गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष फुन्चो वाङगे लामाले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष लामाले बताउनुभयोे ।
उहाँले भन्नुभयो, ” वडामा सडकलाई पहिलो प्राथमिकता दिदै स्तरउन्नति गरेर बाटो ग्राभेल गर्ने कामहरु भईरहेको छ । त्यस्तै खानेपानीको क्षेत्रमा एक घर एक धारा बनाउनको लागि बृहत रुपमा काम भईरहेको उहाँले बताउनुभयो । ”
स्वास्थ्यको क्षेत्रमा स्वास्थ्य चौकीको भवन बनाउने योजना रहेको उहाँले बताउनुभयो । शिक्षाको क्षेत्रमा शैक्षिक स्तरमा वृद्धि गर्नको लागि विद्यालयको शिक्षकलाई तालिम दिने योजनामा रहेको वडा अध्यक्ष लामाले बताउनुभयो ।
उहाँले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र वडालाई समेट्दै निरन्तर काम अगाडि बढाईरहेको छ । वडाको विकासको लागि कहिले पनि पछि पर्ने छैन । ”
पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडा नम्बर २ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।