वडाको चौतर्फी विकास गर्दै अध्यक्ष खड्का

Share Icon

३ फागुन, काठमाडाैं ।    नेपालको लुम्बिनी प्रदेश को बर्दिया जिल्लामा पर्ने यो बाँसगढी नगरपालिका नेपाल सरकार(मन्त्रीपरिषद्) को मिति २०७१ साल मंसिर १६ गतेको निर्णयानुसार देशभरी गठन भएका ६१ नगरपालिकाहरू मध्ये एक नगरपालिका हो । बाँसगढी नगरपालिकालाई ९ वटा वडामा विभाजन गरिएको छ ।

बाँसगढी नगरपालिका २ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा अर्जुन कुमार खड्का निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस् अरूभन्दा २ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा अर्जुन कुमार खड्काले बताउनुभयो।

२ नम्बर वडामा भौतिक पुर्वाधारलाइ प्राथमिकतामा राखेर स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानीलाई जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा विकास गर्दै लगिने वडा नम्बर २ का अध्यक्ष अर्जुन कुमार खड्कालले बताउनुभयो।

यस वडाको मुख्य समस्या १२० घर धुरी जतिले कुवाको पानि धाराले पेलेर खाने गरेको यसो गर्दा पनिमा गडेउला आउने सफा पानि पिउन नपाएको हुनाले फागुन १५ गतेबाट स्वच्छ, सफा पानि पिउन गरी वडाले काम गरी रहेको जानकारी दिनुभयो।

समग्र वडाबासीलाई समेटेर वाल विबाहलाई रोक्न जनचेतना मुलक कार्यक्रम वडाले संन्चालन गरेको अहिले वालबिवाहलाई रोक्न बिशेष पहल वडाबाट गरिरहेको वडा अध्यक्ष खड्कालले जानकारी दिनुभयो।

बर्दिया राष्ट्रिय निकुञ्ज नजिक वडा भएको कारणले जंगली जनावरको प्रकोप रहेको छ । वडा नम्बर २ मा बढि क्षति हुने गरेको साथै हिउँदे बाली किसानले खान नपाउने यसलाई रोक्न वडाबाट पहल गर्ने जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग, मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझै पनि जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।

वडा नम्बर २ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.