Share Icon

१२ जेठ, काठमाडाैं ।  भुपरिवेष्ठित देश नेपालको सुदूरपश्चिम प्रदेशको पश्चिम भागमा अवस्थित रहेको वैतडी जिल्लाको पुर्वी पहाडी भागमा यो सिगास गाउँपालिका अवस्थित रहेको छ।

साविकका सिगास‚गाँजरि‚ढुङ्गाड‚थालाकाँडा‚शिवलिङ्ग‚चौखाम गाविस र शिखरपुरका २ वडा मिलाएर हाल सिगास गाउँपालिका बनेको छ । रहनसहन‚लवाईखवाई देखि लिएर रीतिरिवाज परम्परा‚भाषा लगायत सम्पुर्ण कुरा यी ६ गा.वि.स विच मिल्ने भएकाले यी ६ गा.वि.स समावेश गरि एक गाउँपालिको रुपमा सिफारिस गरिएको थियो ।यस सिगास गाउँपालिमा ९ वडा कायम गरि साविकको शिवलिङ्ग गा.वि.स को वडा न ४ गर्जेमा कार्यालको केन्द्र कायम गरिएको छ ।

वडा अध्यक्षमा निर्वाचन हुनभन्दा पहिले २०७४ सालको स्थानिय तहको निर्वाचनमा निर्वाचित वडा सदस्य पाँच वर्षको कार्यकाल वडामा स्थानियसंग रहेर वडाका गतिबिधि गर्नुभएको कृष्ण धामी २०७९ सालको स्थानिय तहको निर्वाचनमा सिगास गाउँपालिका वडा नम्बर ९ मा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

वडामा पहिलो प्राथमिकता स्वास्थ्य, शिक्षा, खानेपानी लाई राखेर समग्र वडाका गतिबिधि भईरहेका छन । वडामा गतिबिधि गर्न त्यति गाह्रो लागेको छैन ।

वडा अध्यक्ष धामीले भन्नुभयो, ‘स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ । सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं। जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ।’

७२ लाख वडामा वजेट रहेको  तथा चालु आर्थिक वर्षको बजेटबाट ८० प्रतिशत काम वडामा भएको बाकी २० प्रतिशत काम चाडै हुने वडा अध्यक्ष धामीले जानकारी दिनुभयो।

वडा अध्यक्ष धामीले थप्दै भन्नुभयो, ‘वडामा समस्या धेरै रहेका छन् बजेट सिमित छ । तर पनि सबै चुनौतिलाई आत्मसाथ गर्दै अगाडी बढिरहेको छौं ।’

शिक्षा, स्वास्थ्य , खानेपानीलाई प्राथमिकतामा राखेर वडाका गतिबिधि गरिरहेको वडा अध्यक्ष धामीले उल्लेख गर्नुभयो । प्रत्यक टोल टोलमा गएर समग्र वडाको विषयमा छलफलका माध्यम बाट सबैभन्दा महत्वपुण योजनालाई मध्य नजर गरेर वडामा विकास निर्माणका कार्य अगाडी बढाई रहेको वडा अध्यक्ष धामीले बताउनुभयो ।

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ।त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ९ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा दास्रो पटक वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ९ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon