Share Icon

४ माघ काठमाडाैँ । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर २ मा अहिले विकास निमार्णका काम तीव्र गतिमा भईरहेको छ ।

गत वैशाखको स्थानीय तहको निर्वाचनमा शिवराज नगरपालिका वडा नम्बर २ को अध्यक्ष पदमा राम बहादुर चाैधरी निर्वाचित हुनुभएको छ ।

पछिल्लो समय वडा नम्बर २ का वडाबासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

उहाँले भन्नुभयो, “वडामा स्वास्थ्य, शिक्षा, सडक, कृषि, सिचाई, बिजुली लगाएत सांस्कृतिक तथा धार्मिक सँगै भौतिक पुर्वधार विकासका योजनाहरु पनि रहेका छन् ।”

त्यसैगरी शिक्षा क्षेत्रमा वडामा रहेको सामुदायिक विद्यालयमा रङ रोगन तथा भौतिक पुर्वधार विकास निमार्णका योजनाहरु रहेको उहाँले बताउनुभयो ।

उहाँले कृषि क्षेत्रमा वडामा रहेका किसानहरुलाई नयाँ बिउबिजन वितरण गर्ने व्यवस्था गरे सँगै कृषकहरुको क्षमता अभिवृद्धि गर्नको लागि तालिमको व्यवस्था गरेको जानकारी दिनुभयो ।

स्वास्थ्य क्षेत्रकोलागी वडामा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रमा अटो ल्याबकोलागि इनभटरको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ हामीले वडामा रहेका अपाङ्ग तथा अशक्तहरुलाई घरमै गएर स्वास्थ्य परिक्षण गरेर सुत्केरी महिलाहरुलाई समेत भत्ताको व्यवस्था गरेका छौँ ।

उहाँले स्वास्थ्य क्षेत्रमा स्वास्थ्य सेवामा खटिएका स्वंयम सेवकहरुलाई निशुंल्क खाजाको व्यवस्था गरिएको बताउनुभयो ।

त्यसैगरी वडामा रहेका महिला तथा युवाहरुलाई मध्यनजर गर्दै महिलाहरुलाई सिलाई कटाईको तालिम व्यवस्था गरे सँगै युवाहरुलाई वडास्तरीय खेलकुदको व्यवस्था गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले शिक्षाको क्षेत्रमा वडाका विद्यालयहरुलाई कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई विभिन्न कार्यक्रमको लागि बजेट विनीयोजन गरेका छौँ ।”

उहाँले परम्परागत रितिरिवाजहरुलाई जोगाउनको लागि सांस्कृतिक कार्यक्रमका योजनाहरु पनि राखीएको बताउनुभयो ।

उहाँले वडा खबरसंग कुरा गर्दै भन्नुभयो, “वडामा धेरै योजनाहरु रहेका छन्, अहिले वडामा विकास निमार्णका कार्यहरु तीव्र गतिमा भईरहेको जानकारी दिनुभयो ।

त्यसैगरी वडालाई नमुना वडा बनाउने लक्ष्यका साथ काम गरेको वडा अध्यक्ष चौधरीले बताउनुभयो ।

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर २ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।

मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon