मधुवन नगरपालिका वडा नम्बर २ मा ३ महिने सिलाई कटाई तालिम सम्पन्न
५ बैशाख, काठमाडाैं । महिला आयआर्जन तथा सीप विकास सम्बन्धी ३ महिने सिलाई कटाई तालिम मंगलबार सम्पन्न भएको छ । महिलाहरुलाई सीप सिकाएर आयआर्जनमा बृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यका साथ सीपमुलक तालिम संचालन गरिएको थियो ।
को आर्थिक सहयोगमा वडा नम्बर २ मा तालिम सञ्चालन भएको थियो । तालिममा मधुवन नगरपालिका वडा नम्बर २ भित्रका बिपन्न परिवारका १७ जना महिला १ जना पुरुष गरी जम्मा १८ जनाको सहभागिता थियो । समापन कार्यक्रममा तालिममा सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएकाे वडा अध्यक्ष आशाराम चौधरीले बताउनुभयाे ।
तालिम समापन कार्यक्रमको वडा नम्बर २ का वडा अध्यक्षले सीप सिकेका महिलाहरुलाई आफुले सिकेको सिपलाई व्यवसायीकरण गर्न आग्रह गर्नुभयो ।
उहाँले सीप सिकेका अति बिपन्न महिलाहरुले व्यवसाय गर्न चाहेमा पालिकाले व्यवस्थापन गरेर सहज वातावरण मिलाई दिन आग्रह समेत गर्नूभयो ।
साथै वडा अध्यक्ष चौधरीले याे दास्रो तहको तालिम भएकाे हुनाले सम्पुर्णले निरन्तर रूपमा अगाडी बढ्न आग्रहका साथै वडाले सक्दो सहयोग गर्ने प्रतिबद्धता वडा व्यक्त गनुभयो ।