मधुवन नगरपालिका वडा नम्बर १ काे कार्यालयद्वारा झुल वितरण
काठमाडाैं । बर्दियाकाे मधुवन नगरपालिका वडा नम्बर १ काे कार्यालयले बुधबार सुपानेट झुल वितरण गरेकाे छ । लक्षित वर्ग कार्यक्रम अन्तर्गत वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई झुल वितरण गरेकाे हाे ।
वडा अध्यक्ष मिन थापाले आर्थिक वर्ष २०७९/०८० मा लक्षित वर्ग अन्तर्गत अपाङ्ग हित कार्यक्रममा छुट्याएको बजेटबाट मधुवन नगरपालिका वडा नं. १ सूर्यपटुवामा रहेका विभिन्न प्रकारका ४२ जना अपाङ्गता भएका व्यक्तिहरुलाई सुपानेट झुल वितरण गरिएको बताउनु भयाे ।
उहाँले याे क्षेत्रमा लामखुट्टेकाे जोखिममा रहेकाले झुल वितरण गरिएकाे जानकारी दिनुभयाे । गर्मी बढेकाे बेला वडा कार्यालयले झुल उपलब्ध गराउँदा सर्वसाधारणलाई राहत मिलेकाे छ । सुपानेट झुलको प्रयोगले लामखुट्टेको टोकाइबाट हुन सक्ने सबै रोगबाट बच्न सकिने वडा कार्यालयले जनाएकाे छ ।
झुल वितरण समितिका संयोजक होम बहादुर चौधरीको सभापतित्वमा सुरु भएको कार्यक्रमको संचालक टेकराज तिमिल्सेना रहेको उक्त कार्यक्रममा प्रमुख अतिथी १ नं. वडाका अध्यक्ष थापा रहनु भएको थियो । त्यस्तै विशिष्ट अतिथी मधुवन नगरपालिका नगर कार्यपालिका सदस्य माया देवी परियार रहनुभएको थियो ।