तीव्र गतिमा वडाको चौतर्फी विकास गर्दै अध्यक्ष मगर

Share Icon

८ फागुन, काठमाडाैँ । बागमती प्रदेश धादिङ जिल्ला स्थित वेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ४ का राजु बहादुर मगर स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ४ को अध्यक्ष पदमा निर्वाचित हुनुभयो ।

पछिल्लो समय वेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ४ ले विकासको फड्को मारिहेको छ । अध्यक्ष मगरले जनताको समस्या र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ ।

वडा अध्यक्ष मगरले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु ।”

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष मगरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पछिल्लो समय हामीले वडा नम्बर ४ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

वडा नम्बर ४ मा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी बढाएर वडाको विकास गर्दै लगिने वडा नम्बर ४ का अध्यक्ष मगरले बताउनुभयो ।

वडा अध्यक्ष मगरले भन्नुभयो, “हाम्रो वडामा बाटोघाटो, जनचेतानाका कार्यक्रम, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू रहेका छन् ।” वडाबासीको हरेक सुख दुःखमा साथ र सर्मथन सदैव रहेने वडा अध्यक्ष मगरले बताउनुभयो ।

उहाँले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै कृषि सम्बन्धी कार्यक्रम तथा तालिमहरु योजनामा समेटेको जानकारी दिनुभयो ।

वडा अध्यक्ष मगरलेले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै शिक्षालाई गुणस्तर बनाउन हामी लागी परीरहेका छौँ ।”

वडामा युवा, महिला तथा लक्षित वर्गहरुलाई जनचेतनाका कार्यक्रम सँगै सिपमुलक तालिमहरु रहेको वडा अध्यक्ष मगरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा खानेपानीको समस्या रहेकोले खानेपानीमा आवश्यकताअनुसारको बजेट विनीयोजन गरेसँगै वडामा खानेपानीको कामहरु गरीरहेका छौँ ।”

त्यसैगरी वडामा रहेका स्वास्थ्य क्षेत्रहरुबाट सेवागा्रहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “म वडामा पहिलो निर्वाचित भएता पनि सबैलाई एकसाथ समेटेर वडाबासीहरुको साथ, सल्लाहअनुसार अगाढी बढीरहेको छु ।”

उहाँ निर्वाचीत हुनु भन्दा अघि समाज सेवामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष मगर भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडामा वडाबासीहरुको समस्यालाई सामाधान गर्दै वडाको चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई सुन्दर र समृद्धि बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर ४ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.