सम्रग वडाको विकासमा लागिरहेको वडा अध्यक्ष क्षेत्री
८ फागुन, काठमाडाैं । नेपालको लुम्बिनी प्रदेश को बर्दिया जिल्लामा पर्ने यो बाँसगढी नगरपालिका नेपाल सरकार(मन्त्रीपरिषद्) को मिति २०७१ साल मंसिर १६ गतेको निर्णयानुसार देशभरी गठन भएका ६१ नगरपालिकाहरू मध्ये एक नगरपालिका हो ।
बाँसगढी नगरपालिकालाई ९ वडा वडामा विभाजन गरिएको छ । बाँसगढी नगरपालिका वडा नम्बर ६ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा लाल वहादुर क्षेत्री निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।
सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस् अरूभन्दा ६ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा लाल वहादुर क्षेत्रीले बताउनुभयो।
६ नम्बर वडामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानीलाई जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा विकास गर्दै लगिने वडा नम्बर ६ का अध्यक्ष लाल वहादुर क्षेत्रीले बताउनुभयो।
वडा अध्यक्ष क्षेत्रीले भन्नुभयाे, ‘यस वडामा बिशेष गरेर धेरै किसान भएको कारणले कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौ । हामीले वडामा कृषि सम्बन्धी रहेका समस्याहरु निरन्तर समाधान तर्फ लागी रहेको छाैं ।
कृषिलाई आधुनिकिरण गर्न लागी रहेको २ वर्षभित्र वडामा सत प्रतिशत सिचाईको समस्या अन्ते गर्न लागीरहेको साथै यसै वर्ष ६० प्रतिशत सिचाईको काम पुरा भएको तथा बिउँ विजन उपलब्ध किसानलाई सहज बनाउन निरन्तर लागी रहेको वडा अध्यक्ष क्षेत्रीले उल्लेख गर्नुभयो ।
वडा कार्यालयको कार्यभार अघि शिक्षण पेशामा आबद्ध रहनुभएका क्षेत्रीले वडाको गतिबिधि निरन्तर अगाडि बढाई रहनुभएको छ । वडामा गुणस्तर शिक्षा ल्याउन निरन्तर रुपमा लागीरहेको उल्लेख वडा अध्यक्ष क्षेत्रीले वताउनुभयो।
।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।
वडा नम्बर ६ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







