गुलरिया नगरपालिका वडा नं. १२ काे कार्यालय बाल विवाहविरूद्ध आक्रमक
गुलरिया । बर्दियामा बालविवाहविरूद्ध वडा कार्यालयहरूले आक्रमक रूपमा याेजना बनाएका काम गरिरहेका छन् । साेही क्रममा गुलरिया नगरपालिका वडा नम्बर १२ काे कार्यालयले बालविवाहविरूद्ध वडामा जनचेतना जगाउने खालकाे विभिन्न गतिविधि गरिरहेकाे छ ।
वडा अध्यक्ष राम कुमार थारूले बाल विवाहविरूद्ध वडा कार्यालय आक्रमक रूपमा याेजना बनाएर काम गरिरहेकाे जानकारी दिनुभयाे । उहाँले वडा नं. १२ अन्तरगत रहेका गाउँटाेलहरूमा बालबिवाह न्युनीकरणकाे लागि सबै सराेकारवाला निकायहरूले आवश्यक पहल गर्न पनि अनुराेध गर्नुभयाे ।
साथै उहाँले यदि बाल विवाह हुन लागेकाे थाहा भएमा नजिककाे प्रहरी चाैकी, सराेकारवाला सघंसंस्था र स्थानीय निकायमा समेत खबर गरी सहयाेग गरिदिनु वडावासीहरूलाई आग्रह गर्नुभयाे ।
वडा अध्यक्ष थारूले माघ १७ गते बसेकाे वडा समितिकाे बैठकले निर्णय गरेर बाल विवाहविरूद्ध सार्वजनिक सूचना नै जारी गरिएकाे बताउनु भयाे ।
समाजमा स्त्री र पुरुषका बीचमा पतिपत्नीको सम्बन्ध कायम गराउने धार्मिक, सामाजिक कार्यलाई विवाह भनिन्छ । चलनचल्तीमा कतै कतै बिहे गर्ने भन्ने चलन पनि छ । विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० बर्ष छ । त्यसैले २० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ ।
शारीरिक र मानसिकरुपमा परिपक्व नभई विवाह गर्नु र सन्तान जन्माउँदा विविध समस्या आउन सक्ने भएकोले विवाहका लागि उमेरको हदबन्दी तोकिएको बुझिन्छ ।
बालविवाहको समस्या नेपालको तराई मधेस क्षेत्रमा बढी छ । शिक्षित समुदायमा भन्दा चेतना स्तर कम भएका, आर्थिक सामाजिक रुपमा पछि परेका मुसहर, चमार, डोम, मुस्लिम जस्ता समुदायमा बढी पाइन्छ । यादव लगायत अन्य समुदायमा पनि धेर थोर समस्या छ । त्यसो त नेपाल विश्वमा बालविवाह बढी हुने देश मध्ये दशौँ स्थानमा पर्दछ । दक्षिण एसियाली मुलुक मध्ये नेपालको बालविवाह र प्रजनन स्वास्थ्यका कारण मातृ मृत्युदर बढी छ ।