सोल्टी होटलको नगद र सेयर बोनस घोषणा, बोलायो साधारणसभा
४ मंसिर, काठमाडौं । सोल्टी होटलले सेयरधनीलाई नगद र सेयर बोनस घोषणा गरेको छ ।
गत आर्थिक वर्षको नाफाबाट कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीको २६.५७८९ प्रतिशत नगद लाभांश वितरणका लागि प्रस्ताव गरेको हो । त्यस्तै ५ प्रतिशत बोनस सेयर प्रदान गर्न पनि प्रस्ताव गरेको छ ।
अंकित मूल्य १० रुपैयाँका दरले कम्पनीको कुल ८ करोड ८४ लाख ७१ हजार ५०६ कित्ता सेयर जारी भएको छ । लाभांश पारित गर्नका लागि कम्पनीले पुस २६ गते प्रज्ञा भवनमा वाषिर्क साधारणसभा गर्ने भएकोछ ।
त्यस्तै पुस ५ गते कम्पनीले सेयरधनीको दर्ता किताव बन्द गर्ने भएकोछ । अघिल्लो दिन पुस ४ गतेसम्म कायम सेयरधनी साधारणसभामा भाग लिन र लाभांश पाउनका लागि योग्य हुनेछन् ।
Facebook Comments Box