Share Icon

सागर परियार

९ माघ, राजापुर।  बर्दिया राजापुर नगरपालिकाको आयोजनामा ७ दिने आधारभुत पत्रकारिता तालिम कार्यक्रम आज सम्पन्न भएको छ ।

यहि माघ ३ गते देखि आयोजना भएको उक्त कार्यक्रमलाई राजापुर नगरपालिका वडा न ४ का वडा अध्यक्ष बिदुर पोखरेलले उदघाटन गर्नुभएकाे थियाे ।

पत्रकारिता क्षेत्रमा  युवाहरुकाे रूचि बढाेस र  युवाहरुकाे क्षमता तथा आत्मबल बढाउनका साथै  राजापुर नगरपालिका भित्र हुने सत्यतथ्य घटनालाई जनता सामु ल्याउनका निमित्त  युवा पत्रकारहरुको अहम भुमिका हुने र सो कारण यो कार्यक्रम संचालन गरेको वडा नं. ४ का वडा अध्यक्ष बिदुर पोखरेलले बताउनु भएकाे छ ।

स्थानिय स्तरमा भएका गतिबधिमा पनि युवाहरूकाे चासाे बढि हुन पर्ने र युवाहरूले सदैव स्थानिय माझ सत्यतथ्य सुचना दिएर सु-सुचित गर्न आवश्यक रहेकाे यसलाई सहज बनाउन याे तालिमले अहम भुमिका निर्वाह गर्ने र  नगरभित्र भएका गतिविधिहरू सत्यतथ्य बाहिर ल्याउन वडामा के कस्ता काम भएका छन  राम्रा कामलाई प्राेत्साहन गर्ने र  नराम्रो कामहरू  जनताका सामु जस्ता को त्यस्तै ल्याउन आवश्यक रहेकाे उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राजापुर नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत अर्जुन सुवेदीले बताउनुभयाे ।

 प्रभात सुवेदी र रुद्र सुवेदीले आधारभुत पत्रकारिता तालिममा प्रशिक्षण गर्नुभएकाे थियाे । कार्यक्रममा प्रत्येक वडाबाट सहभागी गरि २३ जनाको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।

आज सम्पन्न ७ दिने आधारभुत पत्रकारिता तालिमा राजापुर नगरपालिका वडा न ४ का वडा अध्यक्ष बिदुर पोखरेलकाे  अध्यक्षतामा अथिती राजापुर नगरपालिका वडा न ६ का वडा अध्यक्ष अशराज न्याैपाने ,राजापुर नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत अर्जुन सुवेदी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रमका संचालक राजापुर नगरपालिकाका प्रशासन प्रमुख आनद्र जैसी रहनुभएकाे थियाे ।

 

 

Facebook Comments Box

Share Icon