वडाकाे चौतर्फी विकासमा लागी पर्ने अध्यक्ष लामा
९ माघ, काठमाडाैं । गोरखा जिल्ला स्थित चुमनुव्री गाउँपालिका वडा नम्बर ६मा अहिले विकासले फड्को मारेको छ । पछिल्लो समय वडा नम्बर ६ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा भईरहेका छन ।
जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा नम्बर ६ का अध्यक्ष सरोज लामाले बताउनुभयो ।
स्थानिय तहको निर्वाचित भएर आएपछि वडामा शिक्षा,स्वास्थ्य,कृषि,खानेपानि,बाटो सडक ,धार्मिक तथा सांस्कृतिक , भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु ल्याएका छौ ।
सर्वप्रथम वडामा बजेट विनियोजन गरेर बाटो सडकको मर्मत सम्भार ,स्तरउन्नति गर्ने काम सम्पन्न गरेको जानकारी दिनुभयो । यस वडाका जनताहरु अशिक्षित भएकोले प्रौढ शिक्षाको सञ्चालन गरेका छौ ।
भौगोलिक दृष्टिले यस वडा दुर्गम वडा भएकोले बाटो सडक कच्चि हुनाले बाटोमा हिडडुल गर्ने मानिसहरुलाई खानेपानिको ठाउँ ठाउँमा धारा निमार्ण गरेको , कुहिने र नकुहिने फोहोरको छुट्टा छुटटै व्यवस्थापन गरिएको छ ।
त्यस्तै यस वडामा एक घर एक धारा र शौचालयको पुर्ण रुपमा पुराउने काम सम्पन्न भएको छ । शिक्षा क्षेत्रको लागि वडाको पहलबाट विद्यालयमा विस जना विद्यार्थीलाई होस्टेल व्यवस्था गरेर जाडोको लुगाहरु पनि विरतण गरेका छौ । अध्यक्ष सरोज लामाले आफनो कार्यभार समाल्दै साथसाथै हाटेल व्यावसाय चलाउदै आउनुभएको छ ।
त्यस्तै वडामा अपांग असायलाई वडाको तर्फबाट भत्ताको व्यवस्था गरेको जानकारी दिनुभयो । राष्ट्यि परिचयपत्र बनाउने काम सम्पन्न पनि भएको बताउनुभयो ।
त्यस्तै वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेका छन । वडाको योजनाहरु सम्पन्न गर्नको लागि हामी निरन्तर लागि रहेका छौ ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।
वडा नम्बर ६ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिए््र वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।