Share Icon

एजेन्सी । भारतको उत्तर प्रदेशमा भएको स्थानीय निर्वाचनमा भातीय जनता पार्टीले प्रचण्ड बहुमत ल्याएको छ ।

मेरठको वडास्तरीय निर्वाचनमा भाजपाको जीतपछि उम्मेदवार सतीश प्रजापतिले विजय जुलुस निकालेका थिए ।

त्यसक्रममा उनले आफूसँग हारेका बहुजन समाज पार्टीका उम्मेदवार सुशील कुमारलाई बाटोमा देखे । विजयमाला पहिरेका प्रजापतिले कुमारसँग अँगालो मार्न खोजेका थिए ।

तर हारका कारण आक्रोशमा रहेका कुमारले प्रजापतिको गालामा थप्पड हानिदिए ।

वडा नम्बर ४१ कंकरखडामा घटना भएको हो ।

आफ्ना उम्मेदवारलाई थप्पड हानेको देखेपछि भाजपा कार्यकर्ताहरूले सुशील कुमारलाई कुटपिट गरेका छन् ।

घटनाको भिडियो उक्त क्षेत्रमा भाइरल भइरहेको छ ।

Facebook Comments Box

Share Icon