Share Icon

हस्ता विष्ट
१५ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित रुपा गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष राजन खनाल स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

रुपा गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष राजन खनाल वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका काममा लागि परीरहनु भएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्नेको कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ, वडा अध्यक्ष राजन खनाल ।

वडा अध्यक्ष खनाल भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष खनालले बताउनुभयो ।

वडा अध्यक्ष राजन खनाल स्थानिय तहको निर्वाचित हुनभन्दा पहिले वडा सदस्यमा रहेर काम गर्नुभएको थियो । त्यसैले उहाँलाई वडामा रहेर काम गर्न कुनै कठिनाई नभएको उहाँको भनाई छ ।

उहाँ भन्नुभयो,  ” वडामा भौगोलिक क्षेत्रलाई छुट्टाएर सामुदायिक बहुउद्देश्य भवनको निमार्ण गर्ने कामहरु सम्पन्न भएको छ । ”

त्यसै गरी कृषिको क्षेत्रमा कृषिलाई व्यवसायमय बनाउनको लागि कृषि उत्पादन बढाउन सिचाईको लागि बृहत रुपमा कुलो निमार्ण गर्ने, करेसाबारीको लागि प्रत्येक घरघरमा टनेलको वितरण गरेको र मौरी पालनको तालिमहरु दिइएको वडा अध्यक्ष खनालले बताउनुभयो ।

शिक्षाको क्षेत्रमा वडामा रहेका विद्यालयमा भौतिक पुर्वाधार विकास निमार्णका कामहरु मर्मत सम्भार गर्नको लागि वडाबाट वजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,  ” वडामा रहेको स्वास्थ्य चौकीमा शौचालयको निमार्ण गर्ने काम सम्पन्न भएको छ । स्वास्थ्य सिविर सञ्चालन गरेर विभिन्न दिर्घरोगी वृद्ध वृद्धाहरुको स्वास्थ्य परिक्षण गर्ने काम सम्पन्न भएको छ । ”

त्यसै गरी धार्मिक तथा सांस्कृतिक क्षेत्रको लागि वडामा रहेको ऐतिहासिक पौवा गुठिलाई नेपाली सेनाको भगवति गणको जनश्रमबाट कम्पाउन्ड गर्ने काम सम्पन्न भएको छ ।

त्यसै गरी वडामा रहेका विभिन्न मठमन्दिरमा जाने बाटोलाई सिढी बाटो बनाउने काम पनि सम्पन्न भएको वडा अध्यक्ष खनालले प्रष्ट पार्नुभयो । खानेपानीको क्षेत्रमा वडाबासी घर घरमा धारा नपुगेको ठाउँमा सहजै पुराउनको लागि तीव्र गतिमा कामहरु भईरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,  ” वडाबासीहरुलाई वडाबाट विभिन्न रोजगारीमुलक कार्यक्रमहरु प्रदान गरेर आत्मनिर्भर बनाउने योजनामा रहेको छ । ”

वडाको चौतर्फी विकास गर्नको लागि अहोरात्र खटिरहेको वडा अध्यक्ष खनालले बताउनुभयो ।

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ, वडा नम्बर ५ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा  अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon