कुषिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दैं अध्यक्ष डगाैंरा

Share Icon

१७ पौष,काठमाडौं । कञ्चनपुर जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नरेन्द्र प्रशाद डगौरा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर दोस्राे पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

कञ्चनपुर जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नम्बर ३ मा अहिले विकास निमार्णका कार्यहरु तिब्ब्र गतिमा भईरहेका छन् ।

पछिल्लो समय वडा नम्बर ३ का वडाबासीहरुलाई लक्षित गर्दै वडामा योजना तथा कार्यक्रमहरु ल्याइएका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष डगौराले जानकारी बताउनुभयाे ।

जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले जानकारी दिनुभयाे ।
उहाँले भन्नुुभयो, ‘स्वास्थ्य,शिक्षा, बाटो सडक, कृषि, सिचाई,विजुल्लि बत्ति तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु ल्याएका छांै ।’

त्यस्तै शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर सुधारको लागि निजि क्षेत्रका विद्यालयका शिक्षकलाई प्रोत्साहन बापत विभिन्न कार्यक्रमहरु राखेका छौं । त्यसैगरी स्वास्थ्यको क्षेत्रमा सुत्केरी पोषण कार्यक्रमहरु साथै बच्चाहरुलाई सरसफाईका सामानहरुका  समेत राखेका छौं।

महिलाहरुको लागि आयआर्जनका तालिमहरु, बाख्रापालनको तालिमहरु राखेको उहाँले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो , ‘जिवन निर्वाहका लागि गरिने पेशा भनेकै कृषि भएकोले वडामा पनि कुषिलाई पहिलो प्राथमिकतामा राखेर तरकारीका विउ विजन वितरण गर्ने,सिचाईको लागि विशेष पहल गर्दै निरन्तर काम गरिरहेका छौ ।’

त्यस्तै वडामा बाटो घाटो,सडकमा गा्रभेलका कामहरु भईरहेका छन । विद्युतको क्षेत्रमा पुन मर्मत सम्भारका कार्यहरु गर्ने योजनामा रहेका जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेका छन्, उक्त योजनाहरु सम्पन्न गर्नको लागि हामी निरन्तर लागि परिरहेका छौ । वडाको चौचर्फी विकासको लागि हामी सदैब लागि परेका छौ ।’

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो ।

जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर ३ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिए््र वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।

जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.