वडावासीको आवश्यकक्ताअनुसार योजनाहरु ल्याएका छौंः अध्यक्ष तामाङ

Share Icon

♥ध्रुब कार्की 

२३ फागुन, काठमाडाैँ । ककनी गाउँपालिका एक पहाडी गाउँपालिका हो, जुन समुन्द्र सतह देखि १८२८ मि. को उचाईमा रहेको छ । यस गाउँपालिका २७.२५७ उत्तरी अक्षांस र ८५.२४६४ पूर्वि देशान्तरमा अवस्थित छ ।

ककनी गाउँपालिका राज्यको पुनःसंरचना अन्तर्गत ओखरपौवा साबिक गा.बि.स. का वडाहरु चाउथे, ककनी, मदानपुर, चतुराली र थानसिङ्घ गा.बि.स. का साबिक वडाहरुलाई एकिकृत गरी ककनी गाउँपालिका नयाँ स्थानिय संरचना निर्माण गरिएको हो । यस गाउँपालिकामा आठ वटा वडाहरु रहेका छन् ।

ककनी गाउँपालिका स्थित ६ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा लक्ष्मण तामाङ निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

२०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ लक्ष्मण तामाङ, हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ ।

उहाँले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा सडक, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी लगाएत अन्य कार्यक्रम तथा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

पछिल्लो समय ककनी गाउँपालिका वडा नम्बर ६ ले विकासको फड्को मारिहेको छ । अध्यक्ष तामाङले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहनु भएको छ ।

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष तामाङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर ६ का वडावासीलाई लक्षित गरी वडामा बाटोघाटो, जनचेतना, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानीका योजना तथा विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

वडामा शिक्षा, स्वास्थ्य, सडक लगाएत कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको अध्यक्ष तामाङले बताउनुभयो ।

अध्यक्ष तामाङले भन्नुभयो, “हामीले वडामा रहेका सडकहरुलाई अध्यन गरेर अपुग भएका सडकहरु निर्माण गर्दै जिर्ण भएका सडकहरुलाई नाली सहित सोलिङ तथा ढलान सँगै स्तर उन्नती गर्ने काम सम्पन्न गरेका छौँ ।”

त्यसैगरी वडामा खानेपानीको समस्या रहेकोले आवश्यकताअनुसारको बजेट विनीयोजन गरेसँगै खानेपानीको समस्या रहेको स्थानहरुमा कामहरु भइरहेको अध्यक्ष तामाङले बताउनुभयो ।

वडा अध्यक्ष तामाङले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै विद्यालयहरुमा सि.सि क्यामेराहरु जडान गर्दै शिक्षामा निरन्तर गुणस्तर शिक्षा दिन हामी लागी परीरहेका छौँ ।”

त्यसैगरी वडामा निर्माणधीन रहेको स्वास्थ्य भवनलाई निर्माण सम्पन्न गरेर स्वास्थ्य क्षेत्रहरुबाट सेवाग्राहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना रहेको अध्यक्ष तामाङले बताउनुभयो ।

६ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायतका समस्याहरुको सामाधानका साथै जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी बढाउने वडाको विकास गर्दै लगिने वडा नम्बर ६ का अध्यक्ष तामाङले बताउनुभयो ।

निरन्तर रुपमा लागीपरेका छौ । मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएकोमा एकदमै धेरै खुसी भएको कुरा उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “म वडामा पहिलो निर्वाचित भएता पनि सबैलाई एकसाथ समेटेर वडाबासीहरुको साथ, सल्लाहअनुसार अगाढी बढीरहेको छु ।”

उहाँ अघिल्लो कार्यकालमा पनि सदस्य पदमा रहेको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष तामाङ भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडामा शिक्षा, स्वास्थ्य र सडकको क्षेत्रहरुलाई व्यवस्थापन तथा विकास गर्दै वडाबासीहरुको समस्यालाई सामाधान गरेर आफ्नो वडालाई अघि बढाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर ६ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो । म सदैव जनताको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.