पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष जोशी
२४ माघ , काठमाडाैँ । गण्डकी प्रदेश गोरखा जिल्ला स्थित गोरखा नगरपालिका वडा नं.६ का वडा अध्यक्ष राजेन्द्र कुमार जोशी गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर गोरखा नगरपालिका वडा नं.६ मा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष जोशीले बताउनुभयो ।
वडा अध्यक्ष जोशी भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”
त्यसै गरी वडामा रहेका बाटो सडकको स्तरउन्नती गर्दै ढलान, ग्राभेल गरेर विकास निमार्णका कामहरु निरन्तर भईरहेको उहाँले बताउनुभयो ।
पर्यटकीय सम्भावना रहेकोले वडामा पर्यटकीय क्षेत्रलाई पहिलो प्राथमिकता दिदै गोरखा बजारको ठुलो आगनमा पृथ्वी नारायणशाहको सालिक निमार्ण गरेर नेपाली सेनाले दैनिक विहान बेलुका सलामि दिने व्यवस्था गरेको वडा अध्यक्ष जोशीले बताउनुभयो ।
गोरखा दरबारको गणेशस्थान ठाउँमा पिक्निक स्पोर्ट बनाउने योजनामा राखेका छौ । विभिन्न ठुला ठुला मठमन्दिरहरु निमार्ण गर्दै मर्मत सम्भारको कामहरु निरन्तर अगाडि बढाईरहेको छ ।
गारेखा दरबार घुम्न जाने पैदल यात्रीहरुको लागि पैदल मार्गमा स्टिलको रेलिङ राख्ने , विश्राम कक्षहरुको निमार्ण, खानेपानीको धारा बनाउने योजनामा रहेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै गरी गोरखास्तरीय गोरखाली कपको लागि पनि वडाबाट बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । शैक्षिक क्षेत्रको लागि शिक्षामा गुणस्तर कायम गर्नको विभिन्न योजनाहरु रहेका छन ।
स्वास्थ्यको क्षेत्रमा वडामै आधारभुत स्वास्थ्य केन्द्रको स्थापना गरेर स्वास्थ्यको सम्पुर्ण सेवा सुविधाहरु उपलब्ध गराइरहेको वडा अध्यक्ष जोशीले बताउनुभयो । महिलाहरुलाई विशेष जोड दिदै सिपमुलक तालिमहरुको व्यवस्था गरेको उहाँले बताउनुभयो ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर ६ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







