Share Icon

 २५ माघ, काठमाडाैँ । गण्डकी प्रदेश गोरखा जिल्लामा अवस्थित शहिदलखन गाउँपालिका वडा नं.९ का वडा अध्यक्ष राम कुमार श्रेष्ठले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष राम कुमार श्रेष्ठले बताउनुभयो ।

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष श्रेष्ठलेबताउनुभयो ।

उहाँले भन्नुभयो, ” वडामा सडकलाई पहिलो प्राथमिकता दिदै बाटो ग्राभेल गर्ने , नाली काट्ने, बाटो चौडा बनाउने, जाली भर्ने योजनामा बजेट विनियोजन गरेको अध्यक्ष श्रेष्ठले प्रष्ट पार्नुभयो । ”

शिक्षाको लागि शैक्षिक गुणस्तरको लागि प्रोत्साहन बापत बजेट विनियोजन उहाँले गरेको जानकारी दिनुभयो । स्वास्थ्यको क्षेत्रमा स्वास्थ्य चौकीमा ल्याबका सामानहरु ल्याउनको लागि रकम छुट्टाइएको उहाँले बताउनुभयो ।

उहाँको भनाई अनुसार कृषिको क्षेत्रलाई प्रवधन गर्नको लागि पनि रकम विनियोजन गरिएको छ । खानेपानिको मर्मत सम्भार गर्दै घरघरमा धारा नपुगेको घरमा धारा पुराउने लक्ष्यका साथ कामहरु निरन्तर भईरहेको छ ।

उहाँले भन्नुभयो,  ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र वडालाई समेट्दै निरन्तर काम अगाडि बढाईरहेको छ । वडाको चौतर्फी विकासको लागि हामी अहोरात्र खटिरहेका छौ । ”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर ९ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ९ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon