Share Icon

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अस्वीकृत भएको छ ।

अध्यक्ष ओलीको निर्देशन पार्टीका नेता मात्रै नभई सो पार्टीका सर्वसाधारण कार्यकर्ताले समेत अस्वीकार गरेका छन् । अध्यक्ष ओलीले जारी प्रदेश अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिँदैआएका छन् । सर्वसम्मत नेतृत्व चयन गर्न नसके प्यानल नबनाइ स्वच्छ रूपमा प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न ओलीले खोजेका छन् ।

तर, ओलीको निर्देशनविपरीत लुम्बिनी प्रदेश कमिटीको अधिवेशनमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले प्यानल बनाएरै प्रतिस्पर्धामा उत्रेका थिए । लुम्बिनीमा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न खोजेका थिए । र, सोहीनुसार जुट्न निर्देशन दिए पनि प्रतिनिधिहरूले त्यसलाई अस्वीकार गर्दै प्रतिस्पर्धामा जुटेका थिए ।

शक्ति संघर्षको प्रतिस्पर्धामा रहेका पौडेल र पोखरेलले आफूनिकट नेतालाई ल्याउनका लागि आन्तरिक रूपमा प्यानल बनाएर प्रतिस्पर्धामा जुटेका थिए । लुम्बिनीमा अध्यक्ष ओलीले सचिव एवं प्रदेश इन्चार्ज पद्मा अर्याललाई सुझाव दिइसकेको र मिलेर जानुहोस् भन्ने सन्देश प्रवाहित गरेका थिए ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Facebook Comments Box

Share Icon