समग्र वडाको चौतर्फी विकास गर्दै अध्यक्ष श्रेष्ठ
♠ हस्ता विष्ट २ चैत्र, काठमाडाैँ । तनहुँ जिल्लाको साविकका गा।वि।स।हरु मध्ये छाङ्ग, जामुने र मनपाङ्ग गाविसलाई समायोजन गरी म्याग्दे गाउँपालिका गठन गरिएको हो । यस गाउँपालिकाको नाम ' म्याग्दे ' कसरी रहन गयो भन्नेबारे ऐतिहासिक लिखित आधारहरु खासै भेटिएको छैन । जामुनेको दभुङ्गबाट शुरु भएर छाङ्ग र मनपाङ्ग दुई गाविसको सीमारेखा हुँदै शुक्लागण्डकी नगरपालिकाको दोभान पुगेपछि सेती नदीमा समाहित भएको एउटा प्रख्यात खोलाको नाम हो ' म्याग्दे '। नेपालको संविधान ९२०७२० बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुनस् संरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ साल फागुन…
