समग्र वडाको चौतर्फी विकास गर्दै अध्यक्ष श्रेष्ठ
♠ हस्ता विष्ट
२ चैत्र, काठमाडाैँ । तनहुँ जिल्लाको साविकका गा।वि।स।हरु मध्ये छाङ्ग, जामुने र मनपाङ्ग गाविसलाई समायोजन गरी म्याग्दे गाउँपालिका गठन गरिएको हो । यस गाउँपालिकाको नाम ‘ म्याग्दे ‘ कसरी रहन गयो भन्नेबारे ऐतिहासिक लिखित आधारहरु खासै भेटिएको छैन । जामुनेको दभुङ्गबाट शुरु भएर छाङ्ग र मनपाङ्ग दुई गाविसको सीमारेखा हुँदै शुक्लागण्डकी नगरपालिकाको दोभान पुगेपछि सेती नदीमा समाहित भएको एउटा प्रख्यात खोलाको नाम हो ‘ म्याग्दे ‘।
नेपालको संविधान ९२०७२० बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुनस् संरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ साल फागुन २७ गतेबाट स्ठानीय तह लागू गर्ने निर्णयअनुसार यस तनहुँ जिल्लाको साविकका गा।वि।स।हरु मध्ये छाङ्ग, जामुने र मनपाङ्ग गाविसलाई समायोजन गरी म्याग्दे गाउँपालिका गठन गरिएको हो ।
समावेश भएका साविकका गाविसहरुलाई विभाजन गरी जम्मा ७ वटा वडा बनाइएका छन् । यस गाउँपालिकाको जम्मा क्षेत्रफल ११५ वर्ग किलोमिटर रहेको छ भने यसको सिमानामा पूर्वमा व्यास नगरपालिका, पश्चिममा भिमाद र शुक्लागण्डकी नगरपालिका, उत्तरमा शुक्लागण्डकी र व्यास नगरपालिका, दक्षिणमा भिमाद नगरपालिका र ऋषिङ्ग गाउँपालिका रहेका छन् ।
गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित म्याग्दे गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष वसन्त कुमार श्रेष्ठले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।
म्याग्दे गाउँपालिका वडा नं. ७ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष वसन्त कुमार श्रेष्ठ ।
वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष श्रेष्ठ अहोरात्र खटिरहनुभएको छ ।
म्याग्दे गाउँपालिका वडा नं. ७ मा पालिकाबाट जम्मा बजेट ७० लाख, ८ करोड प्रदेशबाट र संघबाट २ करोड २० लाख बजेट विनियोजन गरिएको वडा अध्यक्ष वसन्त कुमार श्रेष्ठले बताउनुभयो ।
उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।
वडा अध्यक्ष श्रेष्ठ निर्वातिच हुनुभन्दा पहिलो आफ्नै निजि विद्यालय खोलेर शिक्षण पेसामा आबद्ध भएर निरन्तर समाज सेवामा लागे साथसाथै अहिले जनताको विकास र समृद्धिको लागि वडामा अहोरात्र खटिरहनुभएको छ ।
वडा अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयोे ।
वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो, ” वडामा सडकलाई पहिलो प्राथमिकता दिए साथसाथै वडामा रहेका बाटोहरुको स्तरउन्नति गर्दै कुनै बाटो ढलान गर्ने र कुनै बाटोहरु कालोपत्रे गर्ने काम भईरहेको छ । ”
त्यसै गरी स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्र मार्फत टोल टोलमा स्वास्थ्य सिविर सञ्चालन गरेर स्वास्थ्य सुविधाहरु र खोपहरु दिइरहेको वडा अध्यक्ष श्रेष्ठले प्रष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ” कृषिलाई व्यवसायमय बनाउनको लागि विभिन्न तरकारीहरुको विउँ विजन वितरण गरेको र मौरी पालनलाई विशेष जोड दिदै कृषकहरुलाई मौरी पालन सम्बन्धी तालिम सञ्चालन गर्ने योजनामा रहेको छ । ”
त्यसै गरी महिलाहरुलाई लक्षित गर्दै वडाबाट बजेट विनियोजन गरेको तर कुन तालिमहरु प्रदान भन्ने गर्ने भन्ने फिक्से नभएको वडा अध्यक्ष श्रेष्ठले प्रष्ट पार्नु भयो ।
युवाहरुलाई मध्नजर गर्दै वडास्तरीय विभिन्न खेलकुदको लागि वडाबाट बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ” वडामा साना तिना योजनाहरु रहेका छन्, उक्त योजनाहरु सम्पन्न गर्नको लागि अहोरात्र खटिरहेका छौ । ”
वडा अध्यक्ष वसन्त कुमार श्रेष्ठले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”
पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ, वडा नम्बर ७ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ७ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।