सडक र खानेपानीलाई प्राथमिकतामा राखेर वडालाई विकास तर्फ लैजादैः अध्यक्ष तामाङ

Share Icon

१७ माघ काठमाडाैँ । बागमती प्रदेश दोलखा जिल्ला स्थित शैलुङ गाउँपालिका वडा नं. ८ का धन बहादुर तामाङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर शैलुङ गाउँपालिका वडा नं. ८ को अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

पछिल्लो समय दोलखा जिल्ला स्थीत शैलुङ गाउँपालिका वडा नं. ८ ले विकासको फड्को मारिहेको छ ।

वडा अध्यक्ष तामाङले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु ।”

उहाँले जनताको समस्या, र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ ।

पछिल्लो समय वडा नम्बर ८ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

वडा अध्यक्ष तामाङले भन्नुभयो, “हाम्रो वडामा मुख्य समस्या भनेको खानेपानीको समस्या रहेको छ, यतिबेला वडामा रहेका खानेपानीहरुको मुहान सुक्न थालेको छ, उक्त समस्याको सामाधान गर्न हामी निरन्तर खटिरहेका छौँ ।”

वडामा सडक र खानेपानीलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका कामहरु तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

वडामा सडक र खानेपानीलाई विशेष प्राथमिकतामा दिएसँगै वडामा रहेका सडकहरुलाई व्यवस्थापन गरेर हिउँद र वर्षा दुवै समयमा संचालन हुने गरी व्यवस्थापन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी खानेपानीको क्षेत्रमा उहाँले वडामा रहेका खानेपानीको कुन कुन मुहानहरु सुक्छन, र अती आवश्यक तथा समस्या पर्न सक्ने मुहानहरुलाई अध्यन गरेर व्यवस्थापन गर्न वडामा छलफल भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “वडामा शिक्षा र कृषिको क्षेत्रमा हुने योजना तथा कार्यक्रमहरु गाउँपालिका स्तरले नै गर्ने र गाउँपालिकाबाट अपुग भएको ठाँउमा वडाले पनि साथ दिने योजना बनाएका छौँ ।”

वडामा युवा, महिला तथा लक्षित वर्गहरुलाई के कस्तो योजना तथा कार्यक्रम बनाउने र दलित तथा जनजातीहरुको जिवीकोपार्जन कसरी गर्न सकीन्छ भन्ने विषयमा वडामा छलफल भइरहेको उहाँले बताउनुभयो ।

उहाँ निर्वाचित हुनु भन्दा अघि शैक्षीक पेशामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष तामाङ भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडामा रहेको खानेपानीको समस्यालाई सामाधान गर्दै आफ्नो वडालाई सुन्दर समृद्धि बनाउनुका साथै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

उहाँ भन्नुहुन्छ, “मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको र वडाबासीहरुको समस्या र सामाधानमा म सदैब लागि परिरहने छु ।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.