Share Icon

१८ जेठ ,काठमाडौं । नेपाल अधिराज्यको सुदुरपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अञ्चलको डडेल्धुरा जिल्लामा अवस्थित अमरगढी नगरपालिका मध्ये पहाडी भेगमा रहेको नगरपालिका हो ।

२०५३ साल माघ ११ गते देशभर नयाँ घोषणा भएका १५ नगरपालिका मध्येको यो नगरपालिका पनि एक हो । डडेल्धुरा जिल्लाको सदरमुकाम वरपरका ५ गाउँ विकास समितिहरु ९ डोटी घटाल, सहस्रलिङ्ग, खलङ्गा,उग्रतारा र भुमिराज मिलाएर यस नगरपालिकाको घोषणा गरिएको थियो ।

यस अमरगढी नगरपालिका ११ वटा वडा कायम गरिएको छ। यस वडाका जनप्रतिनिधि परमान्द शाहु २०७९ को स्थानीय निर्बाचनबाट अमरगढी नगरपालिकामा वडा नम्बर ४ मा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

२०६२ साल देखि नै राजनितिक तथा समाजिक कार्यमा आवद्ध भएर निरन्तर रुपमा लागी रहेको साथै वडाका विकास, निर्माण कार्यमा एकरुपमा अगाडी बढाएको वडा अध्यक्ष शाहुले बताउनुभयो।

वडा अध्यक्ष शाहुले भन्नुभयो, “हामी विशेष गरेर यातायात पुर्वाधारमा लागी वडाका गतिबिधि केन्द्रित गरेका छौ। लक्षित वर्गका कार्यक्रमहरु साथै वडामा विकास निर्माणका कार्यहरु तिब्र गतिमा अगाडि बढाउने तयारीमा रहेका छौ।”

४ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि, बाटो तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी विकास गर्दै लगिने वडा नम्बर ४ का अध्यक्ष शाहुले बताउनुभयो।

 वडा अध्यक्ष शाहुले भन्नुभयो, ‘हाम्रो वडामा बाटोघाटो, जनचेताना, स्वास्थ्य,शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू रहेका छन्।’ उहाँले वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो।

४ नम्बर वडाकामा सरसफाईमा एकदमै धेरै समस्या रहेको स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी विकास गर्दै लगिने वडा नम्बर ४ का अध्यक्ष परमान्द शाहुले बताउनुभयो।

बजेटको कार्यान्वयन, सञ्चालन हुने योजनाको दिगोपन र योजनाका नाममा मागिखाने भाँडो बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने भन्ने सोचको विकास भएको वडा अध्यक्ष शाहुले वताउनुभयो।

निरन्तर रुपमा लागीपरेका छौ। मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएको साथै पहिले पनि समाज सेवामा तल्लीन रहेर काम गरेको हुनाले पनि मेरो वडाको समस्या नजिक देखि देखेको हुनाले र स्थानियको पिर मर्का बुझ्न र समाधान गर्न त्यति गाह्रो नभएको कुरा वडा अध्यक्ष शाहु स्पष्ट पार्नुभयो।

वडा अध्यक्ष शाहुले भन्नुभयो, ‘मेरो विवेकले भ्याए सम्म जनताको शासक नभई सेवक भएर काम गर्न मेरो लक्ष्य उदेश्य, चहान, इच्छा हो । कहिले काही जति नै राम्रो काम गरे पनि प्रश्न चिन्ह खडा नै गरि हाल्छन।

एउटा घरमा त परिवारलाई चित्त बुझाउन सकस हुन्छ सम्रग वडाको प्रतिनिधित्व गरेर काम गर्दा वडामा कहिले काही समस्या त परिनै हाल्छ तर सम्रगमा वडाबासीले हामीलाई साथ र सहयोग दिनै रहनुभएको छ ।’

कृषी लगायत अन्य बिषयमा रहेका समस्याहरु मेरो कार्यकालमा अन्त्य गर्ने उदेश्यले काममा लागेको समेत प्रष्ट पानुभयो । स्थानियको समेत साथ र सहयोग पाएको वडा अध्यक्ष शाहुले वताउनुभयो।

चालुआर्थिक वर्षको बजेटबाट वडामा ९० प्रतिशत काम वडामा गरेर सकेको वडा अध्यक्ष शाहुले उल्लेख गर्नुभयो ।

वडाका थुप्रै चुनौतिहरू जस्तै वाटाेघाटाेकाे प्रमुख समस्या रहेको तथा यस चुनौतिको आत्मसात गर्दै आगाडी बढेका वडा अध्यक्ष शाहुले बताउनुभयो।

उहाँले वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ।  

वडा नम्बर ४ प्रति पुर्ण आभारी छु। मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष अन्तर आत्मा देखि नैै धन्यवाद दिन चाहान्छु। जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन। वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु।

Facebook Comments Box

Share Icon