Share Icon

♥ हस्ता विष्ट
१ चैत्र, काठमाडाैँ ।  पवित्र शुक्लागण्डकीको दुबै तर्फ माछापुछ्रे हिमालको काख भुजिकोट, दगाम र गुर्दुम,थप्रेक, रईपुर, लामागाउँ जस्ता उच्च क्षेत्रको संरक्षणमा पृथ्वी राजमार्गमा रहेको यस नगरपालिकाको घोषणा मिति २०७१ वैशाख २५ को मन्त्री परिषद्को निर्णय अनुसार साविकका दुलेगौंडा, खैरेनीटार र ढोरफिर्दी गा.वि.स.लाई समेटेर र मिति २०७१ जेठ ७ गते देखि कार्यालय स्थापना भइ संचालनमा आएकोमा मिति २०७३ फाल्गुन २२ गतेको निर्णय अनुसार थप तीन गाबिस थप्रेक, राइपुर र फिरफिरे समेत गरि मिति २०७३ फाल्गुन ३० गते बाट बृहत शुक्लाुगण्डकी नगरपालिकाको रुपमा संचालनमा आएको हो।

देशको राजधानी काठमाडौंदेखि १७० कि.मी. पश्चिम र पर्यटकीय नगरी पोखराबाट १९ कि.मी. दक्षिणमा यस नगरपालिका रहेको छ । पौराणिक भाषामा सेतीगण्डकीलाई शुक्लागण्डकी भनिएको जसको अर्थ सफा, चम्किलो र उदयमान भन्ने हुन्छ । यस नगरपालिकाको मध्य भागबाट सेती गण्डकी बगेको हुनाले नगरपालिकाको नामाकरण शुक्लागण्डकी राखिएको हो ।

गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित भिमाद नगरपालिका वडा नं. १ का वडा अध्यक्ष दिपक आले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

भिमाद नगरपालिका वडा नं. १ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष दिपक आले ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष आले अहोरात्र खटिरहनुभएको छ ।

वडा अध्यक्ष आले निर्वाचित हुनभन्दा पहिले निरन्तर समाज सेवामा लागे साथसाथै अहिले वडामा जनता विकास र समृद्धिको लागि अहोरात्र खटिरहनुभएको छ ।

भिमाद नगरपालिका वडा नं. १ मा नगरबाट जम्मा बजेट १ करोड १० लाख, प्रदेशबाट १० लाख र संघबाट ६० लाख बजेट विनियोजन गरिएको वडा अध्यक्ष दिपक आलेले बताउनुभयो ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

उहाँ पहिले वडा सदस्यमा रहेर काम गरेको धेरै अनुभव भएकोले अहिले वडा अध्यक्षमा रहेर काम गर्न कुनै कठिनाई नभएको उहाँले बताउनुभयो । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष आले भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष आलेले बताउनुभयोे ।

वडा अध्यक्ष आलेले भन्नुभयो, ” वडामा खानेपानीको क्षेत्रलाई पहिलो प्राथमिकता दिदै वडाबासीहरुको घरघरमा खानेपानीको धारा पुराउनको लागि वडाबाट बृहत रुपमा काम अगाडि बढाईरहेको छ ।  ” त्यसै गरी वडा कार्यालयको भवन निमार्णको काम निरन्तर अगाडि बढाईरहेको उहाँले बताउनुभयो ।

बाटो सडकको खण्डमा वडामा रहेको बाटोको स्तरउन्नति गर्दै कुनै बाटो ढलान गर्ने, कुनै बाटो कालोपत्रे गर्ने योजनामा रहेको वडा अध्यक्ष आलेले प्रष्ट पार्नुभयो ।

त्यसै गरी कृषिको क्षेत्रमा कृषि उत्पादन बढाउनको लागि विभिन्न तरकारीहरुको विउँ विजन वितरण गरेको र कृषिजन्य उत्पादित बस्तुहरु भण्डारण गर्नको लागि वडाको पहलबाट भवन निमार्णको काम भईरहेको वडा अध्यक्ष आलेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ” युवाहरुलाई लक्षित गर्दै खेलकुदको लागि खेल मैदानको निमार्ण गरेका छौ । महिलाहरुको लागि विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था गरिएको छ । ”

उहाँले भन्नुभयो, ” वडामा साना तिना योजनाहरु रहेका छन्, उक्त योजनाहरु सम्पन्न गर्नको लागि अहोरात्र खटिरहेका छौ । ”

वडा अध्यक्ष दिपकले भन्नुभयो,  ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ, वडा नम्बर १ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।
मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon