Share Icon

♥ हस्ता विष्ट

१२ चैत्र, काठमाडाैँ । गैंडाकोट नगरपालिका नेपालको मध्यभागमा अवस्थित साविक नवलपरासी जिल्ला बाट टुक्रिएर बनेको पूर्वी तर्फको खण्ड नवलपरासी जिल्लाको पूर्वी भागमा पर्दछ । नेपालको राजधानी शहर काठमाडौंबाट १५० कि।मी। दक्षिण पश्‍चिम, गण्डकी प्रदेशको राजधानी पोखराबाट १३० कि।मी। दक्षिणमा अवस्थित छ ।

यसको पूर्व र दक्षिणमा चितवन जिल्ला ९ भरतपुर महानगरपालिका, पश्‍चिममा देवचुली नगरपालिका र बुलिङ्गटार गाउँपालिका, उत्तरमा तनहुँ जिल्ला रहेको छ । यसको पूर्व र दक्षिणमा नारायणी नदि र चितवन राष्ट्रिय निकुञ्ज, उत्तरमा कालिगण्डकी नदि र पश्‍चिम तर्फ झरही खोलाले सिमाना छुट्टाएकोले यसलाई नदिवेश्ठित नगरपालिका भन्न सकिन्छ ।

नेपाल सरकारबाट मिति २०७१।१।२५ मा घोषणा भई २०७१।२।७ मा कार्यानवयनमा आएको यस गैंडाकोट नगरपालिका साविक गैंडाकोट, मुकुन्दपुर, अमरापुरी र रतनपुर ४ गा.वि.स. समावेस गरि १८ वटा वडामा विभाजन गरिएको छ ।

गैंडाकोट नगरपालिका चितवन राष्ट्रिय निकुञ्जको उत्तर तर्फ रहेको र यहाँ बस्ति बस्नु भन्दा अगाडी गैंडा रहने स्थान भएकाले यस नगरपालिकाको नामकरण गैंडाकोट रहेको अनुमान गर्न सकिन्छ । १५९।९३ बर्ग कि।मि। क्षेत्रफल ओगटेको यस नगरपालिकामा ३४०८१ जना महिला तथा ३०९९७ जना पुरुष गरि जम्मा ६५०७८ जनसंख्या रहेको छ ।

गण्डकी प्रदेश नवलपरासी पुर्व जिल्लामा अवस्थित गैँडाकोट नगरपालिका वडा नं.१२ का वडा अध्यक्ष चक्रपाणी कंडेलले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

गैँडाकोट नगरपालिका वडा नं. १२ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष चक्रपाणी कंडेल ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष कंडेल अहोरात्र खटिरहनुभएको छ ।

वडा अध्यक्ष कंडेल भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये लगभग सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेकोे छ । ”

चक्रपाणी कंडेल वडा अध्यक्ष निर्वाचित हुनुभन्दा पहिले सहकारी पेशामा आबद्ध भए सगंसगै निरन्तर समाज सेवा गरेर अहिले जनताको विकास र समृद्धिको लागि अहोरात्र खटिरहनुभएको छ ।

गैँडाकोट नगरपालिका वडा नं. १२ मा नगरबाट ७० लाख, प्रदेशबाट ४ करोड र संघबाट ५० लाख बजेट विनियोजन गरिएको वडा अध्यक्ष चक्रपाणी कंडेलले बताउनुभयो ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष कंडेलले बताउनुभयोे ।

वडा अध्यक्ष कंडेलले भन्नुभयो, ” वडामा पहिलो प्राथमिकता बाटो, कृषि र शिक्षालाई दिए साथसाथै वडामा रहेको बाटोको स्तरउन्नति गर्दै ग्राभेल गर्ने, ढलान गर्ने र कुनै बाटो कालोपत्रे गर्ने कामहरु सम्पन्न भएको छ । ”

त्यसै गरी कृषिको क्षेत्रमा कृषि उत्पादन बढाउनको लागि सिचाई गर्न कुलोको निमार्ण भईरहेको र विभिन्न तरकारीहरु विउँ विजनहरु वितरण गरेको उहाँले बताउनुभयो ।

शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयहरु भवन मर्मत सम्भार गर्दै खेलकुदको लागि मैदान निमार्ण गर्ने काम गरेको र भौतिक संरचनाहरु निमार्ण गर्ने कामहरु भईरहेको वडा अध्यक्ष कंडेलले प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,  ” खानेपानीको क्षेत्रमा वडाबासीहरुको घरघरमा ९५ प्रतिशत धारा पुराईसकेको र बाकी रहेको घरघरमा पराउने अभियानका साथ लागि रहेका छौ । ”

त्यसै गरी महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरुको लागि भनेर बजेट विनियोजन गरेको र के कस्तो तालिम गर्ने भनेर फिक्स नभएको उहाँले जानकारी दिनुभयो ।

युवाहरुलाई लक्षित गर्दै विभिन्न वडास्तरीय खेलकुदको लागि सामाग्रीहरु वितरण गरेको वडा अध्यक्ष कंडेलले बताउनुभयो ।

त्यसै गरी विद्युतको क्षेत्रमा वडामा रहेको पोलहरुको मर्मत सम्भार गर्दै नयाँ पोलहरु राख्ने काम गर्ने भईरहेको उहाँको भनाई छ ।

त्यसै गरी स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको वडा अध्यक्ष कंडेलले बताउनुभयो । जेष्ठ नागरिकहरुलाई जाडोको लुगाहरु वितरण गरेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष चक्रपाणी कंडेलले भन्नुभयो,  ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ ।  ”त्यसै गरी जेष्ठ नागरिकहरुलाई जाडोको लुगाहरु वितरण गरेको उहाँले बताउनुभयो ।

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर १२ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।
मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १२ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon