इरानद्वारा अमेरिकी आक्रमणको निन्दा

Share Icon

१२ चैत,एजेन्सी । सिरियामा इरान समर्थित समूहमाथि अमेरिकाले गरेको हवाई हमलाको तेहरानले कठोर शब्दमा निन्दा गरेको छ ।

गत बिहीबार इरानको इस्लामिक रिभोलुस्नरी गार्डस् कप्र्ससँग सम्बद्ध समूहले प्रयोग गर्दै आएको स्थानमा अमेरिकाले हवाई हमला गरेको थियो ।

इस्लामिक स्टेटका चरमपन्थीविरुद्धको कारबाहीका निम्ति गठबन्धन सेनासँग सहकार्य गरिरहेको अमेरिकी सेनाका सदस्यलाई आवश्यक राशनपानीलगायत अन्य सरसामान आपूर्ति गर्ने ठेकेदार सोही दिन उत्तरपूर्वी सिरियास्थित अमेरिकी सेनाको आधार शिविरमा इरानमा निर्मित ड्रोन आक्रमणमा सोही दिन मारिएपछि अमेरिकाले तत्काल हवाई हमला गरेको थियो ।

उक्त आक्रमणमा १९ जनाले ज्यान गुमाएका युद्ध अनुगमन गर्ने संस्था सिरियन अब्जरभेटरीले बताएको छ । पूर्वी सिरियाको देइर एजोर र अल–बुकमालमा अमेरिकाले गरेको हवाई हमलालाई इरानले गैरसैनिक क्षेत्रमा गरिएको ‘आतङ्वादी आक्रमण’ भनेको छ ।

इरानी ड्रोन हमलामा आफ्ना नागरिक मारिएका सैनिक कर्मचारी घाइते भएपछि राष्ट्रपति जो बाइडेनको निर्देशनमा अमेरिकाले हवाई आक्रमण गरेको थियो ।

अमेरिकी शिविरमा भएको ड्रोन आक्रमणमा पाँच जना अमेरिकी सेनाका सदस्यका साथै अर्का एक जना ठेकेदार पनि घाइते भएका थिए ।

क्यानडा भ्रमणका क्रममा हिजो शनिबार राष्ट्रपति बाइडेनले इरानसँग द्वन्द्व गर्न अमेरिकाले नचाहेको तर आफ्ना नागरिक र कर्मचारीको रक्षाका बलप्रयोग गरेर भए पनि जवाफ दिने बताउनुभएको थियो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.