Share Icon

२२ असाेज, काठमाडाैं । थुलुङ दुधकोशी गाउँपालिका कोशी प्रदेश र सोलुखम्बु जिल्लामा अवस्थित एक गाउँपालिका हो ।

सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीबाट दक्षिण पूर्वीभागमा अवस्थित यस गाउँपालिका तत्कालिन नेले, कांगेल, पंचन, जुबु,  मुक्ली, देउसा र लोखिम गा. वि. स. मिलेर स्थापित भएको हो । यस गाउँपालिकाको केन्द्र साविकको मुक्ली गा. वि. स. मा रहेको छ। यस गाउँपालिकाको पूर्वमा सोताङ गाउँपालिका, पश्चिममा सोलु दुधकुण्ड नगरपालिका, उत्तरमा माप्य दुधकोशी गाउँपालिका, दक्षिणमा नेचा सल्यान गाउँपालिका र खोटाङको ऐसेलुखर्क गाउँपालिका रहेको छ।

जनसंख्याको आधारमा हेर्दा नगरपालिकापछिको ठूलो गाउँपालिकाको रुपमा स्थापित यस गाउँपालिकाको जनसंख्या २२ हजार ३ सय ७५ र  क्षेत्रफल  १४४.६० वर्ग किलाेमिटर रहेको छ। यस गाउँपालिकामा विशेष  गरी थुलुङ राईहरुको बाहुल्यता रहेको छ। साथै क्षेत्री, गुरङ, तामाङ, ब्राम्हण, सुनुवार, नेवार, माझी, कामी, दमाई, दशनामी, सार्की र भुजेल लगायतका अन्य जातजातीहरुको समेत बसोबास रहेको छ। साेही गाउँपालिका विभिन्न धार्मिक तथा पर्यटकीय स्थल र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको छ।

थुलुङ दुधकोशी गाउँपालिका- ९ का वडा अध्यक्ष सन कुमार तामाङले वडाबाट मासिक २०-३० जना युवा वैदेशिक राेजगारीका लागि विदेश गएकाे बताउनुभएकाे छ। उहाँले वडा खबरसँग कुरा गर्दै विदेश जाने युवालाई राेक्नका लागि पहल भइरहेकाे पनि जानकारी गराउनुभएकाे हाे ।

आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ९ लाई पालिकाले ८१ लाखकाे बजेट सिलिङ गरेकाे उहाँले बताउनुभएकाे छ। दशैं-तिहारपछि विकास निर्माणका काम सुरू हुने पनि उहाँले जानकारी गराउनुभएकाे हाे । साथै उहाँले बजेटकाे अभावका कारण विकास निर्माणका याेजनाहरू पूरा हुन नसक्ने पनि उहाँले बताउनुभयाे। दक्ष जनशक्तिकाे अभावका कारण विकास निर्माणका काम गर्न कठिनाइ भइरहेकाे पनि उहाँले बताउनुभएकाे छ ।

कृषिलाई आधुनिक तरिकाले गर्ने याेजना भइरहेकाे उहाँले बताउनुभयाे । कृषिमा खाद्य पदार्थ उत्पादन गर्नुपर्ने कृषकले पनि जाेड गरेकाे उहाँले बताउनुभयाे । यस वडालाई सामाजिक न्यायसहितकाे दिगाे र समृद्धि बनाउने याेजनामा लागेकाे पनि उहाँले बताउनुभएकाे हाे । सामुदायिक विद्यालयलाई सुधार उन्मुख रहेकाे उहाँले बताउनुभयाे । वर्षाकाे समयमा सडक संचालनमा समस्या भएकाे बताउँदै उहाँले  सडकाे मर्मत सम्भारकाे काम भइरहेकाे बताउनुभयाे ।

अहिले माइक्राे हाइड्राे मार्फत विद्युत वितरण भएकाे उहाँले  बताउनुभयाे । केन्द्रीय प्रसारण लाइन पनि विस्तार भइररहेकाे उहाँले बताउनुभयाे । साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक, पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम सहज रूपमा भइरहेकाे उहाँले बताउनुभएकाे हाे । जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँकाे तर्क छ। 

अन्त्यमा निर्वाचनकाे समयमा जनताले गरेका मागलाई पूरा गर्ने लक्ष्य रहेकाे अध्यक्ष तामाङकाे दावी छ।

Facebook Comments Box

Share Icon