कृषकलाई प्रोत्साहन गर्न दुई लाखको सिचाई पाइप बितरण

Share Icon

१५ चैत्र, बर्दिया ।   बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालय स्याउली बजार बर्दियाले ब्यबसायिक  कृषकलाई प्रोत्साहन गर्न दुई लाखको सिचाई पाइप बितरण गरेको छ ।

वडाको लक्षित कार्यक्रम अन्र्तगत ब्यबसायिक तरकारी पेशामा आवद्ध २४ जना कृषक लाई आज दुई लाख बराबरको ३६ रोल सिचाई पाइप निःशुलक बितरण गरेको हो ।

८ नं वडाका अध्यक्ष तेजनाथ पौडेलेले कृषि ब्यबसायमा प्रोत्साहन गर्न वडाले निःशुलक रुपमा पाइप बितरण गरिएको बताउनुभयाे । परम्परागत कृषि पेसा लाई आधुनिक प्रबिधिमा जोड्दै कृषि पेसा लाई आर्थिक समृद्धिको मुख्य आधार बनाउनु पर्नेमा जोड दिनुपर्ने बताउनुभयाे ।

बढैयाताल ८ नं वडा अन्र्तगत मयुरबस्ति , मुनालबस्ति , नयाँबस्ति कण्ठपुर तिलकाना पशुपतिबजारका युवा देखि जेष्ठनागरिक सम्मका महिला तथा पुरुष ब्यबसायिक कृषि पेसामा आवद्ध भएका छन् ।

स्थानिय सरकारले कृषि पेसा लाई मर्यादित र सम्मानित पेशामा रुपान्तरण गर्दै बेरोजगार युवा लाई कृषि पेशामा आवद्ध गराइ स्वरोजगारको सिर्जना गर्नु पर्ने र सिजन अनुसार बिउ ,मल र सिचाईको ब्यबस्थाको ग्यारेण्टी गर्न रणनितक योजना बनाउनु पर्ने किसानको भनाई छ ।

वडामा सक्रिय रुपमा तरकारी खेति गर्दै आएका २४ जना कृषक मध्ये २ कट्ठा देखि ७ कट्ठा सम्म १ रोल र ८ कट्ठा देखि माथि तरकारी खेति गर्दै आएका कृषक लाई २ रोल सिचाई पाइप प्रदान गरे्को वडा सचिब स्वस्तिका पौडेलले जनकारी दिनुभयाे ।

 

बढैयाताल गाउँपालिका ८ नं वडा  अध्यक्ष तेजनाथ पौडेले कार्यक्रमा बाल्दै 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.