कृषकलाई प्रोत्साहन गर्न दुई लाखको सिचाई पाइप बितरण

१५ चैत्र, बर्दिया । बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालय स्याउली बजार बर्दियाले ब्यबसायिक कृषकलाई प्रोत्साहन गर्न दुई लाखको सिचाई पाइप बितरण गरेको छ ।
वडाको लक्षित कार्यक्रम अन्र्तगत ब्यबसायिक तरकारी पेशामा आवद्ध २४ जना कृषक लाई आज दुई लाख बराबरको ३६ रोल सिचाई पाइप निःशुलक बितरण गरेको हो ।
८ नं वडाका अध्यक्ष तेजनाथ पौडेलेले कृषि ब्यबसायमा प्रोत्साहन गर्न वडाले निःशुलक रुपमा पाइप बितरण गरिएको बताउनुभयाे । परम्परागत कृषि पेसा लाई आधुनिक प्रबिधिमा जोड्दै कृषि पेसा लाई आर्थिक समृद्धिको मुख्य आधार बनाउनु पर्नेमा जोड दिनुपर्ने बताउनुभयाे ।
बढैयाताल ८ नं वडा अन्र्तगत मयुरबस्ति , मुनालबस्ति , नयाँबस्ति कण्ठपुर तिलकाना पशुपतिबजारका युवा देखि जेष्ठनागरिक सम्मका महिला तथा पुरुष ब्यबसायिक कृषि पेसामा आवद्ध भएका छन् ।
स्थानिय सरकारले कृषि पेसा लाई मर्यादित र सम्मानित पेशामा रुपान्तरण गर्दै बेरोजगार युवा लाई कृषि पेशामा आवद्ध गराइ स्वरोजगारको सिर्जना गर्नु पर्ने र सिजन अनुसार बिउ ,मल र सिचाईको ब्यबस्थाको ग्यारेण्टी गर्न रणनितक योजना बनाउनु पर्ने किसानको भनाई छ ।
वडामा सक्रिय रुपमा तरकारी खेति गर्दै आएका २४ जना कृषक मध्ये २ कट्ठा देखि ७ कट्ठा सम्म १ रोल र ८ कट्ठा देखि माथि तरकारी खेति गर्दै आएका कृषक लाई २ रोल सिचाई पाइप प्रदान गरे्को वडा सचिब स्वस्तिका पौडेलले जनकारी दिनुभयाे ।
बढैयाताल गाउँपालिका ८ नं वडा अध्यक्ष तेजनाथ पौडेले कार्यक्रमा बाल्दै