दंगीशरण गाउँपालिका वडा नम्बर ४ कार्यालयद्वारा १७ थान मादल र लेहेङ्गाहरु वितरण

Share Icon

२८ पाैष, काठमाडाैं। दाङस्थित  दंगीशरण गाउँपालिका वडा नम्बर ४ मा अहिले विकासले मुहार फेरेको छ । यस वडाका वडाबासीहरुलाई लक्षित गर्दै वडामा योजना तथा कार्यक्रमहरु ल्याएको छ।

माघिलाई लक्षित गरेर यस वडा कार्यालयले टोलटोलमा १७ थान मादल र १७ थान लेहेङ्ग वितरण गरेको वडा नम्बर ४ का वडा अध्यक्ष कमल थारुले जानकारी दिनुभयो।

सुमुदायले माघिको पर्वमा मनाउने माघे संक्रान्तिलाई थारु समुदायले नयाँ बर्षका रुपमा पनि मनाउने गर्दछन् । थारु समुदायको मौलिक संस्कृति र भेषभुषको आफ्नै विशेषता छ।

जसमा उनीहरु भरपुर आनन्द लिने गर्दछन्। थारु समुदायमा माघी पर्वलाई नयाँ बर्षका रुपमा मनाउने प्रचलन रहेकोले पनि यसको बिशेष महत्व रहेको छ।

माघी सुरु भएदेखि १० र १५ दिनसम्म घरघरमा गएर मघौटा, धमार, झुमा नाच प्रदशीनी गर्ने परम्परा रहेको छ।

१७ थान मादल र १७ थान लेहेङ्गहरु वितरण गरेको यसले केही मात्रमा भएपनि थारु समुदायमा उत्साह र हौसला तथा माघिको नाचलाई प्रभाव पार्ने गरी थारु परम्परा जोगाउन र प्रत्सान गर्ने  वितरणा गरेकाे वडा अध्यक्ष थारुले बिश्वास व्यक्त गर्नुभयो।

मघौटा, धमार, झुमा नाचलाई घरघरमा गएर प्रदर्शन गर्ने परम्परा भने बुढापाकामा मात्रै सीमित हुन थालेको छ। मघौटा नाच थारु समुदायमा बिशेष महत्व र परम्परालाई झल्काउने नाच हो।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.