Share Icon

हस्ता विष्ट
१० वैशाख ,काठमाडाैँ । नेपालको मध्य भाग हीम श्रृङखलामा शीर भै दक्षिण पूर्व हुँदै बग्ने काली  गण्डकी र महाभारत ले रुचाङ्गमा शीर भै उत्तर तर्फ बग्दै काली नदीमा समाहित हुने बौदी खोलाको सेरोफेरोलाई बौदीकाली भनेर चिनिन्छ ।

गण्डकी प्रदेशमा पर्ने यो बौदीकाली गाउँपालिकामा साविकका मिथुकरम, डेढगाउँ, रकुवा, रुचाङ्ग, नरम र जौवारी गा.वि.स. को वडा नं. १, २, ३ मिलि बनेको छ ।

पाल्पा जिल्लाबाट वि.स. २०३२ सालमा नवलपरासी जिल्लामा गाभिएको क्षेत्र हो । यो गाउँपालीकाको पूर्व बुलिङटार, दक्षिण हुप्सेकोट गाउँपालिका पर्दछ भने पश्चिम पाल्पा र उत्तरमा तनहुँ जिल्ला पर्दछ ।

गण्डकी प्रदेश नवलपरासी पुर्व जिल्लामा अवस्थित बौदीकाली गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

बौदीकाली गाउँपालिका वडा नं. २ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठ ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष श्रेष्ठ अहोरात्र खटिरहनुभएको छ ।

वडा अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये अधिकांश सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेको छ ।”

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयोे ।

वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो, ” वडामा शिक्षा, स्वास्थ्य र तटबन्धनलाई पहिलो प्राथमिकता दिनुका साथसाथै खोला नालामा तटबन्धन लगाउने कामहरु सम्पन्न भएको छ । ”

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्न र विपन्न वर्गका विद्यार्थीहरुलाई मध्यनजर गर्दै विद्यालयमा घेराबार लगाउनको लागि वडाबाट बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ” बाटोको क्षेत्रमा स्तरउन्नति गर्दै वडामा रहेका लगभग बाटोहरु कालोपत्रे गर्ने कामहरु सम्पन्न भएको छ । ”

त्यसै गरी कृषिको क्षेत्रमा कृषि प्रर्वधन गर्दै कृषकहरुलाई रासायनिक मलहरु वितरण गरेको र विभिन्न विउँ विजन वितरण गरेकोे उहाँले बताउनुभयो ।

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको वडा श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ” खानेपानीको क्षेत्रमा बोरीङको निमार्ण गरेर वडाबासीहरुलाई सहजै खानेपानीको व्यवस्था गरेका छौ । ”

त्यसै गरी महिला तथा युवाहरुलाई लक्षित गर्दैै विभिन्न रोजगारीमुलक कार्यक्रमहरुको व्यवस्था गरेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर २ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon