वडाका विकास निर्माणका काममा गति दिदैं अध्यक्ष थापा
९माघ, काठमाडाैं । सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं.६, का वडा अध्यक्ष उज्वल कुमार थापा, उहाँ भन्नुहुन्छ, पहिलो कार्यकालमा पनी निर्वाचीत भएको थिए र यसपटकको स्थानीय निर्वाचनमा पनी पुन. निर्वाचित भएको छूु र जनताको समस्या, र वडा विकासकोलागी सधैँ तत्पर रहने छु । उहाँले स्थानीय तहको निर्वाचनमा निर्र्वाचीत भएर आएपछी वडामासेवाग्राहीहरुको दैनीक आईपर्ने कामहरु गरेको र भर्खर आएको बजेट लाई कार्यान्यन गरेर उपभोक्ता समिती मार्फत काम अघि बढाउने तयारीमा रहेको बताउनुभयो । अध्यक्ष थापा भन्नुहुन्छ, चाडवाड र चुनावको झमेलाले गर्दा उपभोक्ता समिती गठन गर्न र योजना बनाउन ढिला भयो, हामीले योजनामा समेटेका कार्यहरु जस्तै सिचाई, कृृषी सम्बन्धी तालिमहरु , रोजगार…
