Share Icon

९ माघ, काठमाडाैं ।  सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं.३, का वडा अध्यक्ष खड्ग प्रसाद चौलागार्ईले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत पा्रप्तगरी निर्वाचीतहुनुभयो ।

उहाँ भन्नुहुन्छ, अघिल्लो कार्यकालमा पनी निर्वाचीत भएको थिए र पुन. जनताले रुचाएर जनताको मन मस्तिष्कमा बस्न सफल भएको छु ।

उहाँ भन्नुहुन्छ, म जनताको आशालाई निराशा बनाउने छैन, मैले गरेका वाचाहरुलाई खेर जान दिने छैन, उहाँले स्थानीय तहको निर्वाचन भएर आएपछी वडामा धेरै काम गरेको र जनताको समस्या, र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ् ।

अध्यक्ष चौलागार्ईले स्थानीय तहको निर्वाचन भएर आएपछी वडामा धेरै काम गरेकोे बताउनुभएको छ् । उहाँले निर्वाचीत पश्चात विकासको हकमा सडक सरसफाई , वडामा रहेको मा .वी स्कुललाई लाई कप्म्युटर र इलेक्ट्रिक सामान सहयोग , अरु विद्यालयर्मा घेराबेरा कपाउन्ड जस्ता कार्य गरेको् बताउनुभएको छ् ।

अध्यक्ष चौलागार्ईले हालसालै २०७९र८० को वार्षिक प्रथम बजेट भर्खर आएको र कार्यन्यनको चरणमा रहेको बताउनुभएको छ् ।वार्षिक प्रथम बजेट अनुसार यो वर्ष विशेष ग्राहेता सिचाई र सडक दिइएको बताउनुभएको छ्।

चाडवाड र चुनावले उपभोक्ता गठन गर्न ढिलो भएको र गठन हुने प्रकृयामा रहेको साथै समग्रमा प्रदेशका तथा नगरपालीकाका योजना सञ्चालीत रहेको र त्यसैगरी ए.डी .भी को सहयोगमा २४ कोठे शैक्षीक भवन र नेवा सस्थांबाट खानेपानीको काम जारी रहेको पनी जानकारी दिनुभएको छ् ।

उहाँले युवा र महिलालाई विभिन्न किसीमका तालीम गोष्ठी नगर स्तरबाटै गर्ने भएकोले वडाबाट खासै लक्ष्य नरेहेको बताउनुभयो।

अध्यक्ष चौलागार्ईले आफ्नो कार्यकालमा वडालार्ई ठाउँ ठाउँमा सडक पुर्याउने, स्वच्छ खानेपानी टोलटोलमा पुर्याउने, कृषी,पशुपन्छी ,जोड्र्ने मानीसलाई कृषीमा केन्द्रीकरण गर्ने र व्यवसायीकरण गराउने लक्ष्य रहेको बताउनुभएको छ्।

Facebook Comments Box

Share Icon