नेपाललाई दोस्रो झट्का, कुशल र अनिल ‘आउट’

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्धको पहिलो खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ ।
ओपनर कुशल भुर्तेल पहिलो बलमा नै रोयल डक आउट भएका हुन् भने अनिल शाह पनि ८ रन बनाएर आउट भए ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ को पहिलो त्रिकोणात्मक सिरिजमा नेपालले अहिले नामिबियासँग खेलिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ। नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको हो।
Facebook Comments Box