Share Icon

काठमाडाैं । बाराको बारागढी गाउँपालिका वडा नम्बर ४ का जेष्ठ नागरिकलाई सम्मान गरिएकाे छ ।

सभ्य नागरिकको पहिचान,जेष्ठ नागरिकको सम्मान भन्ने मुल नाराका साथ गाउँपालिकाले वडा नम्बर ४ का जेष्ठ नागरिकलाई सम्मान गरेकाे हाे ।

गाउँपालिका अध्यक्ष अशाेक कुमार जयसवालले वडा नम्बर ४ का जेष्ठ नागरिकलाई दोसल्ला ओढाइ सम्मान गर्नु भएकाे हाे।

१ सय १५ जनालाई दोसल्ला ओढाइ सम्मान गरिएकाे गाउँपालिका अध्यक्ष जयसवालले बताउनु भयाे । ७० वर्ष माथिका जेष्ठ नागरिकलाई गाउँपालिकाले सम्मान गरेको हाे ।

Facebook Comments Box

Share Icon