२४ साउन,गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिवासी जनजातिको हकअधिकारको विषयमा प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ । विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उहाँले जातीय विविधता भएको गण्डकी प्रदेश रहेको उल्लेख गर्नुभयो ।
“जनजाति भाषा, संस्कृति, परम्परागत ज्ञान, तथा प्राकृतिक स्रोतका धनी समुदाय मानिन्छन् । अधिकार तथा आर्थिक विकासका दृष्टिकोणले अझै उत्पीडित र विभिन्न वर्ग समुदायमा रहेका जनजातिको उत्थान गर्ने दायित्व हामी सबैको हो”, सन्देशमा भनिएको छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभरिका आदिवासी जनजातिले सन् १९९५ देखि जनजाति अधिकारका लागि अन्तर्राष्ट्रिय पर्वको रुपमा यो दिवस मनाउँदै आइएको र ‘आत्मनिर्णयका लागि परिवर्तनका संबाहक आदिवासी युवा’ भन्ने नाराका साथ आज संसारभरिका आदिवासी समुदायले यो दिवस मनाइरहेको सन्देशमा उल्लेख छ ।
Related posts:

रौतहटको होटलमा यौन धन्दा : एउटै होटलबाट दुई युवती र पाँच पुरुष पक्राउ

प्रदेश गौरवको सडक निर्माणले गति लिँदै

बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा राप्रपाका सांसदसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

डीपीआरमै अलमलियो चिनियाँ कम्पनी, चक्रपथ दोस्रो खण्ड कहिले बन्छ ?

