अझै रोकिएन हात्ती आतंक

Share Icon

सागर परियार

बर्दिया । बर्दिया राजापुर नगरपालिका वडा न ७,९ र १० मा कहिलेसम्म हात्ती आतंक को सिकार बन्ने स्थानीय किसान।

राजापुर नगरपालिका वडा न ७ का स्थानीय किसान श्याम लाल थारुका अनुसार वर्षौ देखि जंगली हात्तीबाट आफूहरुले लगाएको अन्नबाली नोक्सान हुँदै आएको बताउनुभयाे ।

उनले भन्नुभयाे,’केही वर्ष पहिले विद्युतिय तारबार लगाएर केही हदसम्म त सो तारबारबाट आफूहरुले अन्नबाली राम्रोसँग पाएको तर १/२ वर्षपछि सो तारबारलाई पनि जंगली हात्तीको समुहले पोल भाँचेर तार नाघेर समेत भित्र आएर अन्न बाली नोक्सान गर्ने कहिले काहीँ त आफूहरुले खेतको अन्न घरमा भित्र्याएर पनि घरमै आएर घर तोडफोड गर्ने अन्नबाली खाइदिने समस्या भोग्दै आएका छाैँ।’

राजापुर नगरपालिका वडा न ९ का स्थानीय किसान सुन्दर लाल चौधरीले आफुहरुले पहल गर्दा पनि अहिले सम्म त्यसको दीर्घकालीन कुनै उपाउ नअपनाइएकाे गुनासाे गर्नुभयाे ।

उहाँले भन्नुभयाे,’स्थानीय सरकार, प्रदेश सरकार के बाट हो हामीलाई थाहा छैन, तर रात्रिको समयमा भारतको जंगलबाट आउने हात्तीबाट जाेगाउन दिर्घकालीन उपाय खाजी दिन आग्रह गर्छु।’

उहाँले हात्ती धपाउन उच्च स्तरीय मचान निर्माण गरेता पनि अन्न बालि बचाउन नसकिएकाे बताउनु भयाे ।

राजापुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामु थारुले आफुहरू सक्दो पहल गरिरहेकाे बताउनु भयाे । उहाँले भन्नुभयाे,’अहिले केही नभए पनि कम्तिमा पनि तार र बल्ब स्थानीय किसान लाई उपलब्ध गराएका छाैँ।’

आउने दिनमा आफूले नै वडाको बार्षिक कार्यक्रमबाट आफ्नो वडाको सीमा क्षेत्रको किसानको लागि केही राहत पुग्ने कार्यक्रम ल्याउने बताउनु भयाे ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.