नमुना वडा स्थापित गर्न अहोरात्र खटिरहेको छु :अध्यक्ष बुढा

Share Icon

११ माघ, काठमाडाैं।  नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने भूमे गाउँपालिकामा साविकका महत, काँक्री, मोराबाङ, काँडा, चुनबाङ गरी ५ गा.वि.स.हरु र साविकको रुकुमकोट गा.वि.स.को वडा नं. ४ समेत समावेश भएका छन्।

यस गाउँपालिकाको पूर्वमा बागलुङ जिल्ला, पश्चिममा सिस्ने गाउँपालिका र मुसिकोट नगरपालिका, उत्तरमा पुथा उत्तरगंगा गाउँपालिका तथा दक्षिणमा रोल्पा जिल्ला रहेका छन्। ९ वटा वडा कार्यालयहरु रहेको यस भूमे गाउँपालिकाको केन्द्र भूमे गाउँपालिका वडा नं. २ खाबाङबगरमा रहेको छ।

भूमे गाउँपालिका वडा नं ९ का विनोद बुढा वडा अध्यक्ष पदमा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा भूमे गाउँपालिकामा वडा नं ९ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

पछिल्लो समय भूमे गाउँपालिका वडा नं. ९ ले विकासको फड्को मारिहेको छ। जनताको समस्या, र वडा विकासको लागी सधैँ तत्पर रहेको वडा अध्यक्ष विनोद बुढाले  बताउनुभएको छ।

वडा अध्यक्ष बुढाले भन्नुभयो, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडाकाे चौर्तफी विकासमा ध्यान केन्द्रित गर्दै वडाबासीहरुको समस्याहरु समाधानका साथ आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य राखेको छु।”

उहाँले भन्नुभयो, ‘किसानलाई प्रोत्साहन गर्ने किसिमका कार्यविधि बनाई वडाले किसानको कृषि उत्पादनमा लाग्ने लगानीमा पनि आवश्यकता अनुसार अनुदान दिएको साथै अदुवा र लसुन आदिको विउँ वितरण गरेको छाैं।’

वडा अध्यक्ष बुढाले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु।”

उहाँले भन्नुभयो, “हामीले वडामा प्राथमिकता खानेपानी र सडकलाई दिदैँ वडा नम्बर ९ मा यो वर्ष वडावासीहरुको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ।”

वडा कार्यालयकै भवनबाट वडाका सेवा सुबिधा प्रदान गरिरहेको साथै विकास निर्माणाका हिसाबले पछि परेता पनि हामी निरन्तर वडालाई विकास निर्माण संग जोडन लागिपरेको कुरा उल्लेख अध्यक्ष बुढाले गर्नुभयो ।

वडाको कार्यभार संगै फलफुल खेती गरिरहेको वडा अध्यक्ष बुढाले उहाँले भन्नुभयो, ‘सम्रग वडाको विकास निर्माणमामा लागी परेका छौं । वाटोको लागी हामीले बिशेष पहल गरेको छौं । यस वडामा बाटोको समस्या रहेको साथै वडाकै रकमबाट विद्यालयमा खाजाको व्यवस्था गरेको शिक्षामा बिशेष जोड दिएर अगाडि बढिरहेकाे छाैं ।

वडा अध्यक्षमा निर्वाचित हुँदा कस्तो अनुभूति भयो रु भनेर सोधेको प्रश्नमा उहाँको उत्तर

मलाई वडाबासीहरूले विश्वास गरेर वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुँदा निकै खुशी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण ९ नम्बर वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हितका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.