Share Icon

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने भन्दै ठगेको प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालतले बुधबार खाँणलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा खाणलाई बुधबार विहान पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार यस प्रकरणमा प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ गरेको छ।

पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर राई प्रहरी हिरासतमा छन् ।

यही प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि तत्कालीन मन्त्री टोपबहादुर रायामाझी भने हाल सम्पर्कविहीन छन् । पार्टी सचिव रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रक्षात्मक बनेको एमालेले आज भने रायमाझीलाई कारवाही गरेको छ ।

Facebook Comments Box

Share Icon