वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छौँ :अध्यक्ष मिया
७ वैशाख, काठमाडाैँ । कावासोती नगरपालिका नेपालको मध्य स्थानमा पर्ने नवलपरासी ९ बर्दघाट सुस्ता पूर्व जिल्लामा अवस्थित एक नगरपालिका हो ।
नगरउन्मुख क्षेत्रहरुलाई नगरपालिका घोषणा गर्दै लैजाने नेपाल सरकारको नीति अनुरुप २०७१ बैशाख २५ गते नेपाल सरकारको निर्णयवाट साविकको शिबमन्दिर, कावासोती, पिठौली र अग्र्यौली, कुमारवर्ती गाउँ विकास समितिहरूलाई समेटेर कावासोती नगरपालिका घोषणा गरिएको हो ।
यस नगरपालिकाको जम्मा घरधुरी संख्या १४१०४ छ भने जम्मा जनसंख्या ६२४२१ छ र यसमा पुरुषको संख्या २८६१६ र महिलाको संख्या ३३८०५ रहेको छ। १७ वडाहरुमा विभाजित नगरपालिका क्षेत्र साविकको शिवमन्दिर गा.वि.स. परिसरवाट नगरपालिकाको मुख्य कार्य सञ्चालन हुँदै आए पनि सवै १७ वटा स्थानवाट वडा कार्यालयको रुपमा सेवा प्रवाह हुँदै आएको छ ।
यस नगरपालिकामा विभिन्न जातजातिहरुको एक समानको सौहद्रापूर्ण बसोेवास रहेको पाईन्छ । यस नगरपालिकामा बसोवास गर्ने विभिन्न जातजातिहरु यस प्रकार रहेका छन ।
गण्डकी प्रदेश नवलपरासी पुर्व जिल्लामा अवस्थित कावासोती नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तवारक अहमद मियाले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।
कावासोती नगरपालिका वडा नं. १ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष तवारक अहमद मिया ।
वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष मिया अहोरात्र खटिरहनुभएको छ ।
वडा अध्यक्ष मिया भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये अधिकांश सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेको छ ।”
मिया वडा अध्यक्ष निर्वाचित हुनुभन्दा पहिले सामुदायिक वनको अध्यक्षमा रहेर काम गरे सगंसगै निरन्तर समाज सेवा गरेर अहिले जनताको विकास र समृद्धिको लागि अहोरात्र खटिरहनुभएको छ ।
उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।
स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष मियाले बताउनुभयोे ।
वडा अध्यक्ष मियाले भन्नुभयो, ” वडामा शिक्षा,स्वास्थ्य,सिचाई र तटबन्धनलाई पहिलो प्राथमिकता दिनुका साथसाथै खोला नालामा तटबन्धन लगाउने कामहरु सम्पन्न भएको छ । ”
त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्नको लागि वडाबाट बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ” बाटोको क्षेत्रमा वडामा रहेका लगभग बाटोहरु कालोपत्रे गर्ने कामहरु सम्पन्न भएको छ । ” त्यसै गरी कृषिको क्षेत्रमा कृषि प्रर्वधन गर्दै सिचाईको लागि बोरीङको व्यवस्था गरेको उहाँले बताउनुभयो ।
त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको वडा अध्यक्ष मियाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ” खानेपानीको क्षेत्रमा घरघरमा धारा पुराउने अभियानका साथ कामहरु अगाडि बढाईरहेका छौ । ” त्यसै गरी महिलाहरुलाई लक्षित गर्दैै विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था गरेको वडा अध्यक्ष मियाले बताउनुभयो ।
वडा अध्यक्ष तवारक अहमद मियाले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर १ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







