नमुना वडा बनाउने लक्ष्य लिएको छु : अध्यक्ष थामी
९माघ, काठमाडाैं । बागमती प्रदेश अन्तर्गत पर्ने दोलखा जिल्लाको विगु गाउँपालिका नेपालको संबिधानको धारा २९५ को उपधारा ९३० बमोजिम कायम गरिएको एक भौगोलिक तथा प्रशासनिक इकाई हो । यस गाउँपालिकामा जम्मा ८ वटा वडाहरु रहेका छन् । संघीय संरचना अनुसार साबिक आलम्पु गा.वि.स. को १–९ वडाहरू समाबेश गरेर विगु गाउँपालिकाको ६ नं. वडा कायम भएको हो । गत वैशाखको स्थानीय तहको निर्वाचनमा टहल बहादुर थामी विगु गाउँपालिका वडा नम्बर ६ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । उहाँले स्थानीय तहको निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । पछिल्लो समय…
