भारतमा ७७ औं स्वतन्त्रता दिवस मनाइँदै

Share Icon

नयाँ दिल्ली । भारतमा सोमबार ७७औं राष्ट्रिय स्वतन्त्रता दिवस मनाइँदैछ । तत्कालीन ब्रिटिस शासकहरूको उपनिवेशबाट मुक्त भएको उपलक्ष्यमा हरेक वर्षको अगष्ट १५ मा भारतमा राष्ट्रिय स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।

स्वतन्त्रताका साढे सात दशक भारतका लागि सुखद र सन्तोषजनक नै रहेको धेरैले बताएका छन् । यस दिन प्रति भारतका सबैले गौरव गरेको पाइएको छ।

स्वतन्त्रता दिवसका अवसरमा विश्वभर नै भारतीय नागरिकले विभिन्न गतिविधि गरेर उत्सव मनाउने गरेका छन् । यस अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका शुभकामना सन्देश पनि दिनुभएको छ ।

राष्ट्रिय एकतालाई अझै बलियो बनाउँदै भारत र भारतीय नागरिकलाई विश्वभर चिनाउने कार्यमा लाग्न उहाँहरूले सबैलाई अपिल गर्नुभएको छ । अन्य देशका शीर्ष नेता तथा अन्तर्राष्ट्रिय संघ संस्था र व्यक्तिहरूले समेत भारतको राष्ट्रिय एकता दिवसप्रति गौरव गर्दै थप प्रगतिको शुभकामना दिएका छन् ।

उनीहरूले भारतको भौतिक विकास, मानवीय विकास, नयाँ आविश्कार र शासन प्रणालीमा थप विकास तथा परिपक्वतामा जोड दिएका छन् ।

बेलायती उपनिवेशबाट मुक्त भएपछि भारतमा लोकतन्त्रको तिव्र विकास भएकाले भारतको स्वतन्त्रता दिवसलाई विश्व राजनीतिमै महत्वका साथ हेर्ने गरिएको छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.