सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष पाण्डे
हस्ता विष्ट
९ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित पोखरा महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।
पछिल्लो समय कास्की जिल्लामा अवस्थित पोखरा महानगरपालिका वडा नं.१९ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष पाण्डे अहोरात्र खटिरहनु भएको छ ।
कास्की जिल्लामा अवस्थित पोखरा महानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डले वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका काममा लागि परीरहनु भएको छ ।
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष पाण्डेले बताउनुभयोे ।
उहाँले भन्नुभयो, ” वडामा सडकलाई पहिलो प्राथमिकता दिदै मजबुत, बलियो र दिगो ढलान नै हुनेभएकोले सबै बाटोलाई ढलान गर्ने काममा जोड दिए साथसाथै निरन्तर काम भईरहेको छ । ”
त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर कायम गर्नको लागि राष्ट्रपति शैक्षिक सुधारको लागि विद्यालयको चार कोठे भवन निमार्णको काम भईरहेको वडा अध्यक्ष पाण्डेले बताउनुभयो ।
कृषि क्षेत्रलाई विशेष जोड दिदै कृषि उत्पादन बढाउन सिचाईको लागि कुलोको मर्मत सम्भार गर्ने काम, बाख्रा पालन गर्ने कृषकलाई बाख्रा वितरण गर्ने र आलुको विउँ विजन वितरण गरिरहेको उहाँले जानकारी दिनुभयो ।
त्यसै गरी स्वास्थ्यको क्षेत्रमा सहरी स्वास्थ्य केन्द्र स्थापना गर्नको लागि पालिकासंग समन्वय गरेर काम अघि बढाउने योजनामा रहेको वडा अध्यक्ष पाण्डेले प्रष्ट पार्नुभयो ।
वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे विगत लामो समय देखि समाज सेवा गरेर आउनुभएको हुनाले अहिले वडाबासीको राजाई पर्न सफल हुनुहुन्छ । त्यसै गरी महिलाहरुलाई लक्षित गर्दै सिपमुलक कार्यक्रमहरु सम्पन्न गरेको वडा अध्यक्ष पाण्डेको भनाई छ ।
उहाँले भन्नुभयो, ” वडामा साना तिना योजनाहरु धेरै रहेका छन् । ति योजनाहरु सम्पन्न गर्नको लागि हामी अहोरात्र खटिरहेका छौ । वडाको समग्र विकास गर्नको लागि सदैब लागि परिरहेको उहाँले प्रष्ट पार्नुभयो । ”
पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडा नम्बर १९ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १९ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







