विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने अध्यक्ष श्रेष्ठ

Share Icon

१५ चैत्र, काठमाडाैं । नेपालको ५ नं. प्रदेशमा पर्ने यस नगरपालिकामा झिमरुक नदीको वारिपारीका साविकका खलंगा, विजुवार, धर्मावती, विजयनगर, दाखाक्वाडी, खैरा र मरन्ठाना गाविसहरु मिलेर १९ वटा वडासहितको नगरपालिका बनेकोमा स्थानीय तहको पुनर्संचना पश्चात नेपाल सरकारले राजपत्रमा मिति २०७३ फागुन २६ को सुचना प्रकाशन गरेबमोजिम साविक प्युठान नगरपालिकाको वडा नं। ४, ६—१७, १९ तथा जुम्रीकाँढा र माझकोट गाविसहरु मिलाएर हालको प्युठान नगरपालिका स्थापना भएको हो ।

हाल यस नगरपालिकामा १० वटा वडाहरु रहेका र यसको केन्द्र वडा नम्बर ४ को विजुवारमा रहेको छ । वडाका जनप्रतिनिधि सुमन श्रेष्ठ २०७९ को स्थानीय निर्बाचनबाट प्युठान नगरपालिका वडा नम्बर ३ मा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो ।

आफू निर्वाचित भएको वडाको चौतर्फि विकासमा ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पुराना कामलाई गति दिदैं नयाँ योजनालाई तिव्रता दिइरहेको जानकारी दिनुभएको छ ।

वाड नम्बर ३ का अध्यक्ष सुमन श्रेष्ठ बढी समय जनताको काममा सक्रिय हुनुहुन्छ । सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागिपरेका छौं वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ । योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

वडा अध्यक्षमा निर्वाचित हुनभन्दा पहिले राजनिति तथा समाज सेवामा आवद्ध रहनुभएका श्रेष्ठ निरन्तर रुपमा वडालाई विकास निर्माणमा जोडन लागी रहनुभएको छ ।

अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘१० महिनाको अवधिमा वडामा हामीले थुप्रै विकास निर्माणका कामहरु गरेका छौ । ८० प्रतिशत खानेपानिको समस्या हाम्रो वडामा थियो अहिले ५० प्रतिशत काम गरेको छौ साथै ३० प्रतिशत काम गर्न क्रममा छौ त्यस्तै यातायात तर्फ वडा कार्यायल देखि सातडाडाँ कालो पत्रे प्रकियामा लगिसकेका छौ ।’

उहाँले थप्दैँ भन्नुभयाे,  ‘ टेन्डर हुने प्रक्रियामा छ । साडेखोला देखि ओखरबोट सम्म बाटो कालो पत्रेको प्रकिया सुरु भएको छ ।, बिजय नगरको सबैभन्दा बिकट बस्ती ओखरबोट सम्मको लागी प्रदेश सरकार र सडक बोडको गरी ४० लाख बजेट बिनियाजन भएको छ । यो संगै प्रत्यक गाउँबस्तिमा यो वर्ष मटरगाडी पु-याउने लक्ष्य लिएका छौ ।’

याे संगै विविध योजना कार्यक्रम खानेपानि शिक्षामा स्वास्थ्य, भौतिक पुर्वधारका लक्ष्यमा ठुलो बजेट योजना रहेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयाे  ।

वडा अध्यक्ष श्रेष्ठले थप्दै भन्नुभयो,’हामीले विकास निर्माण तर्फ खानेपानि र यातायातलाई पहिलो प्रथमिकता दिएको छौ सोही ढङगले शिक्षा र स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेर काम भईरहेको तथा यस वडामा थुप्रै परिवर्तन तथा माथिका ४ वटै शिर्षकमा सारै राम्रो रिजल्ट आईरहेको छ।’

अहिले हामीले प्रदेश सरकारबाट विनियोजन रकमलाई हेर्ने हो  भने लुम्बिनी प्रदेशकै दास्रो बढि बजेट पर्ने वडा तथा प्युठान जिल्लाको पहिलो बजेट धेरै परेको वडा रहेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

 सबै पाटि प्रतिनिधित्व गर्ने लिडर तथा सबैको व्यक्तिगत प्रयास र साझा प्रयासले गर्दा बजेट देखि विकास निर्माणका योजना सबै गर्न सहज भएको  अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

नेपालमै नमुना वडा बनाउन आफु अहोरात्र लागीरहेको छाैं ।  हामीले नेपालमै नभएका हाम्रो वडामा केही रचनात्मक काम अनुसार केहि चाहि रिजल्ट बेसमा पनि काम गरिरहेका छौ भनेर वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

अहिले प्युठान जिल्लामा मात्र नभएर मुलुककै पहिलो वडा भएको छ । विपन्न वर्गका लागी निशुल्क टेलिफोन सेवा तथा वाईफाई सेवा पुस्पलाल चोकमा बुथ नै राखेर सेवा प्रदान गर्ने तयारी अवस्थामा छौ । मुलकमै सन्देश दिन लागी रहेका अध्यक्ष श्रेष्ठले बताउनुभयो  ।

उहाँले थप्दै भन्नुभयो, ‘आज यस कार्यक्रमको उदघाटन हुदैँ छ । निशुल्क टेलिफोन सेवा तथा वाईफाई सेवो काम महानगरहरु तथा उपमहानगरहरुले पनि यो सुविधा प्रदान गरेका छैनन् । साथै प्युठान जिल्लामै सडकमा बत्ति बालेर उज्यालो वडा बनाउन सफल भएका छौ । उज्यालो बिजय नगर भनेर नामाकरण गरेका छौ बत्ति बाल्ने कार्यक्रम सन्चालन गरेका छौ । चारवटा पुल निर्माण गर्न लागी रहेका छौ ।’

नमुना वडा बनाउन जनतासंग मत मागेका थियौ सोही अनुरुप काममा लागेका छौ हामी सफल हुने छौ । बिदेश जाने क्रम बढेको हुनाले वडाबाट यसलाई रोक्न कृषिलाई व्यवसायीमुखी गर्न लागी रहेको छौ । वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको समग्र वडाका गतिविधि गर्न हातेमालो गर्दै लागी रहेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।

वडा नम्बर ३ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.